Home / Feature Breaking news / ‘सुन बेचेर माटो किनेको हु’ कर्ण शाक्य

‘सुन बेचेर माटो किनेको हु’ कर्ण शाक्य

दाङ, २४ बैशाख । राजमार्ग जस्तो स्टेट हुँंदैन जीवन, जिवनको यात्रामा धेरै मोडैमोड हुन्छन्, कतै दोवाटाहरु भेटिन्छन् । कन्फ्युज हुन सक्छ, सावधानीपूर्वक गन्तव्य आफैले निधारण गर्न सक्नुपर्छ । त्यो निर्णय स्वयम तपाईमा छ, ताकी तपाईले पछ्याएको गोरेटोले तपाईलाई सहि गन्तव्य पु¥याउन सकोस ।

रेलको लिक जस्तै हिंड्नुस, अन्यथा एक इन्च मात्र चिप्लिए तपाई दिल्ली जाने मान्छे मुम्वई पुग्न पनि सक्नुहुन्छ । हो काम नपाएर मैले पनि साक्यको छोरा भएकाले मेरो पुख्र्यौली सुन पुुुुुसलमा पनि करिव एक बर्ष काम गरें, तर त्यो व्यापारीक कामले मलाई कत्तिपनि सन्तुष्टि दिन सकेन । आफै केही गरौं भन्ने मन जाग्दै थियो । एक दिन व्यवसाय गर्ने सोंच पनि बनाएं । आमासंँग पैसा मागें । आमाले भन्नुभयो, कति पैसा ? मैले मागें ५० हजार । त्यो वेलामा पचास हजार पु¥याएर दिन आमाले काठको सन्दुकमा रहेका आठ–दश वटा कपडाका साना झोलीहरु खोल्नु परेको थियो ।

आमाले ती झोलीबाट झिकेका रुपैयालाई एक एक गरी जिव्रोमा थुक लगाएर गन्दै दिनुभयो । ती झोलीका पैसामा आमाको कति ममता थियो, गन्नेवेला थाहा पाएं । जनु पैसा गनाइको सावधानी र सतर्कता थियो, त्यसले मेरो मुटु छोयो । मलाई लाग्यो मैले त्यो पैसा सक्दो चाँंडो फिर्ता गर्ने छु । त्यो मेरो व्यवसायीक प्रेरणा बन्यो ।

अनि म सुन पसलको जागीरे जस्तो दैनिकीबाट बाहिरिएर उद्यमी बन्न थालें । जता देख्छु राम्रो मात्रै, कल्पना गर्छु राम्रो मात्रै । जता देख्छु सफलता मात्रै । अहिले म नामुद व्यवसायी बनेको छु । म भन्न चाहन्छु, तपाई कहिल्यै कामदार नबन्नुस्, उद्यमी बन्नुस् । अरुलाई जागिर दिने हैसियत राख्नुस् । श्रमजीवी र कर्मयोगी बन्नुस्, तपाईको सफलता धेरै टाढा छैन ।

हा, तपाईले मनमा इमान्दारी, कांधमा जिम्मेवारी र मस्तीस्कमा समझ्दारी लिएर अघि बढ्नु पर्दछ । काम गर्ने क्रममा तपाइलाई धेरैपटक समस्या आउने छन् । समस्या त भाग्यमानीको ढोका हो नि ! जव तपाईका अघिल्तीर समस्या आउने छन्, ती समस्याका पुच्छर भएर समाधान पनि आइरहेका हुने छन् । यो ध्रुव सत्य कुरा हो । हरेक समस्याका समाधान हुन्छन्, यदि समाधानको विकल्पनै छैनन् भने ती समस्यानै होइनन् ।

हो मैले श्रमजीवी बन्न भनें । अर्थात मौरी जस्तै मेहनेती बन्नुस । जसले फुल आफै खोज्छ, घार आफै बनाउँंछ । महं आफै बनाउंछ, आफुले पनि खान्छ । अरुलाई पनि खुवाउँंछ । जव मौरी रस लिन फुलमा बस्छ, उसले कहिल्यै फुल विगारेको हुंदैन । त्यसको सट्टा फुलमा भएका रजत कणहरुको प्रागशेचनमा सहयोगी नै बनिदिन्छ । कसले भनेको छ मौरीलाई खराव । किसानले छरेको तोरीको फुलबाट रस चोरेर लैजान्छ, तर त्यसले किसानलाई कुनै असर पारेको हुंँदैन । त्यस्तै बन्नुुस्, अर्थात मौरी जस्तै ।

karna_shakya

जस्तोसुकै अवस्था भएपनि विदेशमा बस्नु र काम गर्नु भनेको नोकर नै हो । तपाई स्वदेशमै उद्यामी बन्नुस् । उद्यमी बन्न धेरै बाटाहरु छन्, धेरै विकल्पहरु छन् । केही गर्न सक्नुहुन्न भने एउटा मम पसल भएपनि खोल्नुस् । तपाई त्यसको मालिक बन्न सक्नुहुने छ । त्यसमा तपाइले कम्तिमा आधा दर्जनलाई रोजगारी पनि दिन सक्नुहुने छ । आहा कति सन्तोष हुन्छ, मालिक बन्नुमा । मालिक आफ्नो घडिको सुइमा चल्छ, नोकर जहिल्यै पनि अर्काको सुइमा । धेरै फरक छ, मालिक र नोकरमा ।

हाम्रो अरुलाई गाली गरेर नायक बन्ने प्रबृत्ति छ, तर आफुले गर्ने प्रबृत्ति छैन । अरुले गरेको देखेका छौं, तर आफुले गर्न खोज्दैनौं । अरुलाई गाली गरेर नायक बन्नु मुर्खता हो । तर होसीयार भने बनाउनुपर्छ जस्तो लाग्छ मलाई । हो मैले धेरै ठाउंमा सुनेको छुं, हामी गरिव छौं रे !, अहं मलाई त्यस्तो लाग्दैन, हामी मुर्ख छौं, अरुलाई सिकाएर पनि आफु गर्दैनौं । यो देश चोरले विगारेको होइन, उसले त एउटा घरमा चोरी गर्छ, नेताले विगारेको पनि होइन, विदेशीले विगारेको पनि होइन, भ्रष्टाचारीले विगारेको पनि होइन, हो यो देश हामीले नै विगारेको हो । हो जुन देशमा उद्यमीको पहिचान हुँंदैन, सम्मान हुंँदैन, त्यहांँ उद्यमशिलताको विकाुस पनि हुंदैन । यसमा हामीले राज्यलाई पनि केही सजग बनाउनु पर्छ, तर अल्छि बनेर होइन ।

हो, यहांँ पनि गोरखाज ग्रुपका साथीहरुले एउटा उत्साह लिनुभएको छ, मालिक बन्ने । सफल पनि हुनुभएको छ । यस्तै अन्य पृथक उद्यमलाई पनि यहांँहरुले रोज्नुहुने छ भन्ने मेरो अपेक्षा हो । मैले तपाईलाई यो पनि भन्न चाहन्छु, मैले पनि सुन बेचेर माटो किनेको हँुं । अहिले त्यहि माटोमा सुन फलेको छ । कानले सुनेर मुल्यांकन नगर्नुस्, आंँखा खोलेर हेर्नुस् । गोरखा ग्रुपद्धारा सन्चालित भिक्टोरिया कलेजको दशौं बार्षिकोत्सवका अवसरमा सफल व्यवसायी कर्ण शाक्यले दिएको अभिव्यक्तिको सम्पादित अंश ।
प्रस्तुतीः खेमराज रिजाल ÷गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*