Home / Feature Breaking news / काग्रेसको जागरण अभियान भोलीदेखि शुरु हुने

काग्रेसको जागरण अभियान भोलीदेखि शुरु हुने

दाङ,२४ बैशाख । नेपाली काँग्रेसको जागरण अभियान भोलिदेखि शुरु हुने भएको छ । दाङमा भोलि घोराही देखि यो अभियानको सुरुवात गर्न थालिएको काङ्ग्रेस दाङले जनाएको छ । भोलि बिहान ११ः३० बजे घोराही उपमहानगरपालिकाको सभाकक्षमा जागरण अभियान कार्यक्रम हुने काङ्ग्रेस दाङ्का सभापति किर्ती बहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले बिज्ञप्ति प्रकाशित गरि जानकारी दिनुभएको छ ।

बुधवारदेखि हुने कार्यक्रममा सहभागी हुन काङ्ग्रेसका सम्पुर्ण नेता तथा कार्यकर्ता एबम शुभेच्छुक सबैमा अनुरोध गरिएको छ । बुधवार हुने कार्यक्रमलाई जागरण अभियानका केन्द्रीय प्रतिनिधि काङ्ग्रेस केन्द्रिय सदस्य एबम पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले सम्बोधन गर्नु हुने छ । यसअघि यो जागरण अभियान बैसाख ११ गते देखि गर्ने तय भएको थियो । तर बिबिध कारणबस उक्त मितिमा कार्यक्रम स्थगित भएको थियो ।

बुधवार भोलि घोराहिमा कार्यक्रम गरेर अभियानको सुरुवात गर्न थालेको काङ्ग्रेसले यो अभियान अन्तर्गत जील्लाका विभिन्न स्थानमा कार्यक्रम गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*