Home / Feature Breaking news / फोरम र नयाँ शक्ति एकीकृत, ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर

फोरम र नयाँ शक्ति एकीकृत, ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं,२३ बैशाख । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएको छ। काठमाडौंको प्रज्ञाभवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

यादवले संविधान संशोधनसहितका माग पूरा गर्न सरकारमा गएको बताउँदै आएका छन् । अब पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् ।

यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर, नेतृत्वमा सहमति नहुँदा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*