Home / Feature Breaking news / सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ,२३ बैशाख । दाङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

राप्ती गाउँपालिका वडा नं. ५ मौरीघाट निवासी ३३ वर्षीय गणेश घर्ती मगरको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत आइतबार बिहान साढे ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग २ च ६११ नम्बरको पिकअपले साइकलमा सवार घर्ती मगरलाई पाखापानीमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

भालुवाङस्थित राप्ती पोलिक्लिनिकको प्रारम्भिक उपचारपछि थप उपचारको लागि लुम्बिनी हस्पिटलमा लगिएका घर्तीको उपचारका क्रममा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*