Home / Feature Breaking news / सरकार विप्लवसँग मिलेर निर्वाचन विथोल्न लाग्योः ओली

सरकार विप्लवसँग मिलेर निर्वाचन विथोल्न लाग्योः ओली

घोराही, ७ मंसीर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टि (विप्लव) समूहसँग मिलेर सरकारले निर्वाचन विथोल्न खोजेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ दाङले आज बुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र निर्वाचन विरोधी विप्लव समूहले सुनुयोजित रुपमा देशका विभिन्न स्थानमा निर्वाचन विरोधी क्रियाकलाप गरिरहको दाबी गरे ।

उनले निर्वाचन भाड्ने गरि बाम गठबन्धनका उमेद्वारहरुलाई लक्षीत गरि आक्रमण भईरहेको समेत बताएका छन् ।

ओलीले दोलखा जिल्लामा सत्तापक्ष कांग्रेस र निर्वाचन विरोधी विप्लब समूह संयुक्त बैठक बसी चुनावलाई विथोल्नकालागि सँगसँगै लाग्ने समहति भएको आरोप लगाए । ओलीले नेत्रविक्रम चन्द विप्लबलाई चन्दाकालागि सकारात्मक पार लाग्न नसकिने बाटोमा नलाग्न अनुरोध गरे ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण निर्वाचनको माध्यमबाट सुरु भईसकेको भन्दै निर्वाचन लगत्तै एउटै पार्टि हुने बताए । निर्वाचनपछि पहिले सरकार की एकता भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले निर्वाचनपछि पहिले सरकार बनाउने र बल्ल पार्टि एकता गर्ने जानकारी दिएः बाम गठबन्धनले जिल्लाको घोराही र तुलसीपुरमा आयोजना गरेको कार्यक्रमकालागि ओली दाङ आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*