Home / Feature Breaking news / खनाल, घिमीरे र न्यौपाने घरदैलोमा

खनाल, घिमीरे र न्यौपाने घरदैलोमा

घोराही, ७ मंसीर
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका उमेद्वारहरु घरदैलोमा व्यस्त छन् । कांग्रेसबाट क्षेत्र नम्बर २ बाट उमेद्वार भनेका प्रतिनीधी सभातर्फ राजु खनाल र प्रदेश सभा तर्फ भरतबहादुर न्यौपाने आज विहीवार पनि घरदैलो एवं सभामा व्यस्त छन् ।

खनाल र न्यौपाने विहीवार दुधरास, मनिकापुर, संक्राम, सातकुले, हेमन्तपुर, खोलीगाँउ लगायतका विभिन्न स्थानमा घरदैलो गरिरहनुभएको छ । उहाँहरुलाई यी स्थानका मतदाताहरुले भव्य स्वागत गरेका थिए । उनीहरुले स्थानीय एवं विकास गर्ने नेता भएकाले कांग्रेसका उमेद्वारहरुलाई मत दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनीहरुले स्थानीय क्षेत्रका उमेद्वारले मात्र आफूहरुको समस्या बुझ्न सक्ने भन्दै उनीहरुलाई नै मत दिने बताए । खनाल र न्यौपानेले विजयी भएसँगै यस क्षेत्रमा विकासका योजनाकासाथ यस क्षेत्रलाई समृद्ध बनाउने बताएका थिए । हेमन्तपुर र भित्री संक्राममा भएको सभामा नेपाल सांस्कृतिक संघले नृत्य एवं गीत प्रस्तुत गरेको थियो ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा २ का उमेद्वार घोराही उपमहानगरपालिका वडा १८ का विभिन्न स्थानमा घरदैले गर्दै मत माग्नुभएको छ । हरेक घरघरमा पुगेर घिमीरेले आफूले यस क्षेत्रको विकास गर्ने भन्दै उहाँले अब कांग्रेसले समृद्ध बनाउने बताउनुभयो ।

घिमीरेले सधै जनताको साथमा आफू रहन तयार रहेको भन्दै आफ्नो क्षेत्रको विकासकालागि सधै तत्पर रहेको उहाँको भनाई छ । वडा नम्बर १८ को रझेना, मसिना लगायतका क्षेत्रमा नेताहरुको साथमा घरदैलो गरेका थिए । यस्तै आज विहीवार विहान घोराही ४ को लक्ष्मीपुरमा पनि घिमीरेले घरदैलो गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*