Home / Feature Breaking news / डाँगीद्वारा मतदातालाई धन्यवाद ज्ञापन

डाँगीद्वारा मतदातालाई धन्यवाद ज्ञापन

दाङ,१२ जेठ । घोराही उपमहानगरपालिकामा उपमेयर पदका प्रत्यासी भुपबहादुर डाँगीले सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाली कांग्रेसका नेता डाँगीले एक विज्ञप्ती निकालेर स्थानीय तह निर्वाचन–२०७९ मा सहभागी भएर नेपाली कांग्रेस सहित गठबन्धनको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा धन्यवादसहित कृतज्ञता ज्ञापन गरेका हुन ।

डाँगीले निर्वाचनका क्रममा अहोरात्र खट्ने सम्पूर्ण नेता तथा कार्यकर्ता ज्यूहरू, निर्वाचन कार्यालय, बुद्धिजीवी, नागरिक अगुवा, उद्योगी व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मीहरूलाई विशेष धन्यवाद पनि ज्ञापन गरेका छन् । साथै स्थानीय तह निर्वाचनमा बिजयी सम्पूर्ण जनप्रतिनिधीहरूलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*