Home / खेलकुद / त्रिभुवननगर जेसिज घोराहीको साधारण सभा, मिनि म्याराथुन प्रतियोगिता गर्ने

त्रिभुवननगर जेसिज घोराहीको साधारण सभा, मिनि म्याराथुन प्रतियोगिता गर्ने

दाङ, ९ कार्तिक
दाङको त्रिभुवननगर जेसिज घोराहीले चालु वर्षको पाँचौ साधारण सभा सम्पन्न गरेको छ । त्रिभुवन नगर जेसिज २०१७ का अध्यक्ष दिपक शर्माको अध्यक्षता बसेको साधारणसभाले घोराहीमा मिनि म्याराथुन प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

जस्को लागि खेल संयोजक यज्ञबहादुर खड्काको संयोजकत्वमा बुद्धिप्रकाश शर्मा र दिपक सेट्ठी सदस्य रहेको समिति समेत निर्माण गरीएको छ । समितीले आबस्यक तयारी गरेर मिति तोक्ने समितिका संयोजक यज्ञबहादुर खड्काले बताउनुभयो ।

यस्तै जेसिजले प्रत्येक वर्ष गर्दै आएको रिड टु लिड कार्यक्रम अन्र्तगत घोराही उपमहानगरपालिका वडा नम्बर ८ मसिनामा रहेको प्रावि मसिनामा पुस्तकालय निर्माणमा सहयोग गर्ने भएको छ । त्यस्को लागि पनि सागर शर्माको संयोजकत्वमा एक समिति निर्माण गरीएको छ ।

जेसिजका सदस्यहरुको क्षमता विकासका लागि कार्तिक ११ गते शनिबार प्रतिबेदन तथा प्रस्ताबना लेखन तालिम सञ्चालन गर्ने भएको छ । त्यसको लागि रविकिरण केसीले व्यवस्थापन मिलाउने गरी संयोजक तोकिएको छ ।

जेसिजले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको स्मारिका प्रकाशनका लागि रविन्द्रनाथ योगीको संयोजकत्वमा मिनराज भाट, दिपक सेट्टी, प्रेमप्रकाश डिसी र अमर अधिकारी सदस्य रहेको एक समिति समेत गठन गरीएको छ ।

साधारणसभामा नयाँ जेसिज सदस्यहरुलाई स्वागत तथा सपथग्रहण समेत गराईएको त्रिभुवननगर जेसिज २०१७ का कोषाध्यक्ष लालमणी भण्डारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*