Home / Feature Breaking news / पत्रकार महासंघले सहिद कृष्णसेन इच्छुक दिवस मनाइने

पत्रकार महासंघले सहिद कृष्णसेन इच्छुक दिवस मनाइने

दाङ,१२ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले भोली शुक्रवार सहिद कृष्णसेन ईच्छुकको २० औँ स्मृति दिवस मनाउने भएको छ ।

नेपाल पत्रकार महासंघ दाङको विहीवार बसेको नियमित बैठकले इच्छुकको २० औं स्मृति दिवस नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा बिहान ११ बजे कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको हो ।

उक्त कार्यक्रममा उपस्थीतिका लागि महासंघले सम्पूर्ण पत्रकारहरुलाई समेत आग्रह गरेको छ । त्यसैगरी बैठकले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित दाङका सम्पूर्ण स्थानीय तहमा जनप्रतिनिधीहरु निर्वाचित भईसकेकाले सम्पूर्ण स्थानीय तहहरुलाई मिडियामैत्री बनाउनकालागी मिडियामैत्री नीति तथा कार्यक्रम निर्माण गर्न अनुरोध गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के. शीतलले जानकारी दिएका छन् ।

बैठकले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित दाङका १० वटै स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुसँग यहि जेठ १७ गते घोराहीमा परिचयात्मक कार्यक्रम गर्र्ने भएको छ । बैठक नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*