Home / समाचार / गाँउगाँउमा खनाल र न्यौपाने

गाँउगाँउमा खनाल र न्यौपाने

दुधरास, ७ मंसीर
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका उमेद्वारहरु घरदैलोमा व्यस्त छन् । कांग्रेसबाट क्षेत्र नम्बर २ बाट उमेद्वार भनेका प्रतिनीधी सभातर्फ राजु खनाल र प्रदेश सभा तर्फ भरतबहादुर न्यौपाने आज विहीवार पनि घरदैलो एवं सभामा व्यस्त छन् ।

खनाल र न्यौपाने विहीवार दुधरास, मनिकापुर, संक्राम, सातकुले, हेमन्तपुर, खोलीगाँउ लगायतका विभिन्न स्थानमा घरदैलो गरिरहनुभएको छ । उहाँहरुलाई यी स्थानका मतदाताहरुले भव्य स्वागत गरेका थिए ।

उनीहरुले स्थानीय एवं विकास गर्ने नेता भएकाले कांग्रेसका उमेद्वारहरुलाई मत दिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले स्थानीय क्षेत्रका उमेद्वारले मात्र आफूहरुको समस्या बुझ्न सक्ने भन्दै उनीहरुलाई नै मत दिने बताए ।

खनाल र न्यौपानेले विजयी भएसँगै यस क्षेत्रमा विकासका योजनाकासाथ यस क्षेत्रलाई समृद्ध बनाउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*