Home / प्रदेश समाचार / राष्ट्रिय जनमोर्चाका उम्मेदवार आचार्य मतदाता भेटघाटमा

राष्ट्रिय जनमोर्चाका उम्मेदवार आचार्य मतदाता भेटघाटमा

घोराही,६ मंसिर । यहि मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनलाई मध्यनजर गरेर राष्ट्रिय जनमोर्चा दाङले चुनाव प्रचारप्रचारलाई तिव्रता बनाएको छ ।

राष्ट्रिय जनमोर्चा दाङ निर्वाचन क्षेत्र नम्बर २ ले चुनाव प्रचार प्रचारका क्रममा बुधवार घोराही उपमहानगरपालिका वाडा नम्बर १५ का विभिन्न टोलहरुमा घरदैलो तथा जनभेटघाट कार्यक्रम गरेको छ । घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार गणेशप्रसाद आचार्यले पैसा र आश्वासनको भ्रममा जनताहरुलाई नपर्न आग्रह गर्नुभएको थियो ।

चुनाव जित्नकालागि ठुला दलहरुले मत प्रभावित पार्ने गरि जनतालाई आर्थिक प्रलोभनदेखि विभिन्न खाले आवश्वासन बाड्ने गरेको भन्दै उनले त्यस्ता आश्वासनमा नपरेर जनता र देशका लागि लड्ने पार्टीलाई मतदान गर्न अनुरोध गर्नुभयो ।

समग्र राष्ट्रको समुन्ती र दाङको विकास लागि झुठा प्रलोभनमा नपरेर सहि बिचारको पहिचान गरि मतदान गर्न मतदाताहरुलाई भन्नुभयो । राष्ट्रिय जनमोर्चाले जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने भन्दै उम्मेदवार आचार्यले राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गरि बिजयी गराउनु मतदातालाई अनुरोध गर्नुभएको थियो ।

घरदैलो मा प्रदेश सभा उम्मेदवार खडानन्द खनाल, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रेशम बिसी, अखिल नेपाल युवक संघ केन्द्रिय सल्लाहकार प्रचार प्रसार समितिका सँयोजक रामबहादुर घर्ती, सद्स्य हरि खरेल, मनिराम खनाल, रामकुमार चौधरी,बसन्ता भट्टराई, कृष्ण बिक लगायतले राष्टिय स्वाधिन्ता र अखण्डताको पक्षमा लड्ने पार्टी राष्ट्रिय जनमोर्चालाई मतदान गरेर बिजयी बनाउनुपर्ने बताएका थिए ।

त्यस क्रममा टोली तल्लो रतनपुर,माथिल्लो रतनपुर,पाठकचोक,सुष्मारोड,दिपशिखालगायतका स्थानका मतदाताहरुलाई भेटघाट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*