Home / Feature Breaking news / प्रतिष्ठान र प्रादेशिकलाई कोभिड अस्पताल बनाउन पाँच दलको आग्रह

प्रतिष्ठान र प्रादेशिकलाई कोभिड अस्पताल बनाउन पाँच दलको आग्रह

दाङ,२७ बैशाख । दाङमा क्रियाशिल पाँच राजनीतिक दलले कोरोना संक्रमितको उपचारका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई पनि कोरोना अस्पताल बनाउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले माधव समूह, राष्टिय जनमोर्चा र जनता समाजवादीले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले मात्र थेग्न नसक्ने भन्दै घोराही र तुलसीपुरमा रहेका दुवै अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन अनुरोध गरेका हुन । त्यस्तै उनले गतबर्ष मुख्यमन्त्री शंकर पोख्रेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिलिन्यास गरेको आईसियुलाई सञ्चलान गर्दै थप आईसियुको व्यवस्था गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

त्यसैगरी बैठकले जनतालाई कोरोना परिक्षण र उपचारका लागि सहज व्यवस्था मिलाउनुपर्ने लगायतका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*