देउखुरी, १६ जेठ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ ।
साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिमतर्फ गईरहेकाे लु अ अ जे ५००३ नम्बरकाे मिनी ट्रकले राप्ती गाउँपालिका-४ श्रीनारायण चाेक माैरीघाटमा पैदलयात्रीलाई ठक्कर दिदा ५२ वर्षीय बल्लु गिरीकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरी चाैकी मसुरियाका सई शत्रुधन उपाध्यायले जानकारी दिए ।
मृतक गिरी बिहान माेर्निकवाक गर्दै पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा मिनी ट्रकले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । मृतककाे शब पाेष्टमार्टमका लागि लमही अस्पताल पठाईएकाे र ठक्कर दिने ट्रक र चालक प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
RaptiSandesh RaptiSandesh