Home / मनोरञ्जन / कल्पनाको ‘रानी चरी’

कल्पनाको ‘रानी चरी’

बर्खा याम सुरु भएसंगै नेपाली संगीतको माहोल पनि फरक बन्दै जान्छ । त्यो माहोल अहिले सुरु भैसकेको छ । हिन्दु नारीहरुको महान पर्व तीज आउनु पूर्वनै नेपाली संगित बजारले तीजको झल्को दिन सुरु गरिहाल्छ । असारको तेस्रो साता अहिले तीजका गीतहरुले बजार छोप्ने क्रम सुरु भैसकेको छ । तीज पर्वमा संगित पनि विशेष महत्वका साथ जोडिएको हुन्छ । तीजमा माईत जाने र माईति घर÷गाउँमा बर्षभरीका सुख दुख गीती माध्यमबाट साट्ने पुरानो प्रचलन गीतसंग जोडिएको छ । तथापी अहिले त्यो पुरानो संस्कार तीजका गीतहरुमा बिरलै पाउन सकिन्छ । आधुनिकताले ढपक्कै छोप्न थालिसकेको तीज संगितमा तीजको मार्मिकता भेट्टाउन अब त्यहि सहज देखिन्न । तर, बुटवलकी गायिका कल्पना कुसुमले तीजको भाका संगै तीज बास्तविकता मार्मिक झल्कने गीत अहिले बजारमा ल्याएकी छन् । जुन गीतको चर्चा अहिले युट्युवमा चुलिँदै छ भने सामाजिक सञ्जालमा पनि ब्यापक बन्दै छ ।

‘कहाँ मा जान्छौ रानी चरि बगाल, बरिलै भगवानलाई भेटन ।
भगवानलाई भेटन के के पाहु चाहिन्छ बरिलै फूलपाती अक्षता ।।’

kalpana
तीजसंग जोडिएका मार्मिक शब्द समावेश गरेर कल्पनाले गीत बजारमा ल्याएकी छन् । उनि भन्छन् ‘पर्व बिशेष गीतमा पर्वको मार्मिकता झल्कनु पर्छ,त्यहि भएर मैले तीजको बास्तवीक भाका र शब्लाई समावेश गरेर गीत ल्याएकी हुँ ।’ बरिष्ठ लोकगायिका हरिदेबी कोईरालाको लय र शब्द छ । उनले यो गीतबाट आँफूलाई ठूलो सफलता मिल्ने आशा समेत राखेकी छन् ।
त्यसोत, २०७१ देखि नेपाली संगितमा औपचारिक यात्रा सुरु गरेकी कल्पना सुगम संगित गायिका हुन् । उनि लोक दोहोरी भन्दा आँफूलाई आधुनिक र पप गीतमा फीट देख्छिन् । ‘हुन त म आधुनिक र पप गीतमा फीट हुन्छु’उनले भनिन् ‘मेरो संगितको बेस पनि यहि हो ।’ तर दुई बर्ष अघि देखि लगातार तीज गीतलाई पनि निरन्तरता दिईरहेकी छन् । २०७२ मा ‘लेहेंगा लगाउँछु’ बोलको उनको तीजको गीत पनि चर्चित बनेको थियो । यो गीतमा चर्चित संगितकार अर्जुन पोखरेलको संगित रहेको थियो भने शीव सुवेदीका शब्द थिए । यहि गीतबाट उनले नव गायिकाको उत्कृष्ट अवार्ड समेत हात पारेकी थिईन् ।

rani 2
२०७१ मा ‘मख्खै पर्यो भमरा’ बोलको गीतबाट आफ्नो औपचारिक गायन थालेकी कल्पनाले त्यो बेला भमरा नामक गीती एल्बमनै सार्वजनि गरेकी थिईन् । गत बर्ष उनले चर्चित पप कमल खत्रीसंग पप गीत समेत बजारमा ल्याईन् । ‘सास बिना यो धड्नक कसरी चल्छ र ?’ बोलको गीतले उनलाई पप गायिकाकै रुपमा चिनायो । यसैगरि चर्चित गीत लेखक तथा संगितकार एकनारायण भण्डारीसंग उनले गत बर्षको तीजमा सांगितक सहकार्य गरिन् । ‘बटौलीमा रेल चढेर काठमाडौँमा झर्ने हो, काठमाडौँमा पशुपतिको दर्शन गर्ने हो’ बोलको गीतले उनलाई झनै माथि पुर्यायो ।
२०७१ देखि बुटवल स्थित बागेश्वरी संगितालयमा संगितको औपचारिक अध्ययन गरिरहेकी कल्पना प्लस टुकी शिक्षक समेत हुन् । अक्फोर्ड कलेजसंगै बुटवलकै न्यु होराईजन स्कुलमा समेत उनि पढाउँछिन् ।

Rani 3
अध्यापनसंगै संगितलाई निरन्तरता दिईरहेकी कल्पनाले आफ्नो संगितको यात्रा छालामा आएको समस्या कारण सुरु भएको बताईन् । उनका अनुसार २०६७ मा गुल्मी तम्घासकी उनीमा छालाको समस्या देखियो । नेपालका विभिन्न स्थानमा उनको उपचार सम्भव भएन । भारतमा पुगेपछि मात्रै उनको छालाको समस्या निवारण भयो । तथापी उक्त रोगले मानस्पटलमा नैराश्यता चुलिईरह्यो । अनि नैराश्यता अन्त्य गर्ने उपाय उनले संगित साधनालाई अपनाईन् । ‘छालामा आएको समस्याले धेरै निराश बनायो, अनि नैराश्यताबाट मुक्त पाउनका लागि म संगित विद्यालयमा भर्ना भएकी हुँ,’उनले भनिन् ‘त्यसबेला देखि सुरु भएको संगितयात्रा अहिले सम्म चलिरहेको छ ।’ आफ्नो अध्यापन पेशाका कारण संगितलाई सकेजति समय दिन नसकिरहेको भएपनि उनले संगितलाई बढावा दिने मनस्थितीमा भने छिन् ।

 

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*