Home / Feature Breaking news / निरु भर्सेज सवित्राः ‘एपीएफलाई जित्छौ’– निरु थापा (भिडियो सहित)

निरु भर्सेज सवित्राः ‘एपीएफलाई जित्छौ’– निरु थापा (भिडियो सहित)

दाङ, १० वैशाख

आठौँ राष्ट्रिय खेलकुद अन्तरगत दाङमा पनि विभिन्न प्रतियोगिताहरु सञ्चालन भएका छन् । दाङमा टेबलटेनिस, बास्केटबल, ब्याटमिन्टन, एथ्लेटिक्स र कराँते प्रतियोगिता सम्पन्न भईसकेका छन् । महिला फुटबल, महिला क्रिकेटप्रतियोगिता भने जारी छन् ।

महिला फुटबल अन्तरगत दाङ र कपिलवस्तुमा लिग चरणका खेलहरु सम्पन्न भईसकेका छन् । आज मंगलवारदेखी सेमी फाईनल खेल हुदैछ ।

जसमा नेपाल पुलिस र एपीएफको खेल बुधवार बेलुका हुने भएको छ । बेलझुण्डी रंगशालामा हुने प्रतियोगिताकालागि दुबै टोली जितको प्रतिक्षामा बसेका छन् । दुबै बलियो विभागित टीम जित निकाल्ने पक्षकासाथ तयारीमा जुटेका छन् ।

यो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका क्याप्टेन नीरु थापा र राष्ट्रिय टिमका उत्कृष्ट खेलाडी सावित्रा भण्डारी आमनेसामने हुदैछन् । थापा नेपाल पुलिसबाट र भण्डारी एपीएफबाट खेलमा सहभागी हुँदैछन् ।

नेपाल पुलिस क्लबका उत्कृष्ट खेलाडी निरु थापाले सेमीफाईनल खेलमा एपीएफलाई हराएर विजयी हुने विश्वास व्यक्त गरिन् । राप्ती सन्देश अनलाईनसँग कुरा गर्दै उनले भनिन्–‘एपीएफको टीम बलियो छ यद्यपी हामी पनि कम छैनौ ।

सेमीफाईनलमा हामी एपीएफलाई जित्छौ जस्तो लाईराको छ ।’ कति गोल अन्तरले जित्नुहुन्छ होला भन्ने जिज्ञाशामा उनी भन्छिन्–‘मलाई लाग्छ १–२ गोलको फरकमा हामी जित्छौ जस्तो मलाई लागेको छ ।’

उनले प्रदेशका टिमसँग खेल्दा सोही अनुसार सामान्य रुपमा खेल्ने गरेको भएपनि विभागीय टिमसँग खेल्दा अलि ईनर्जीकासाथ खेल्ने गरेको अनुभव सुनाईन् ।

‘प्रदेशका टिमसँग खेल्दा कुल भएर खेलिन्छ, धेरैजसो बहिनीहरुसँग सामान्य रुपमा नै खेलिन्छ’ उनले भनिन्–‘विभागीय टिमसँग त्यही अनुसारको ईनर्जीकासाथ खेलिन्छ ।’

आफूहरुको नजरमा नेपाल आर्मीको टीमभन्दा सशस्त्र प्रहरीको टिम अलि बलियो देखिएको भन्दै सेमीफाईन जितेमा फाईनल जित्नकालागि सहज हुने उनको भनाई छ ।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*