Home / समाचार / जन्मदिनमा फाेटाे व्यवसायी महराद्वारा रक्तदान

जन्मदिनमा फाेटाे व्यवसायी महराद्वारा रक्तदान

घाेराही, १८ साउन
दाङका एक युवाले रक्तदान गरेर जन्मदिन मनाएका छन् । बंगलाचुली गाँउपालिका ४ निवासी हिमाल महराले जन्मदिन रक्तदान गरेर मनाएका हुन् । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसन्चार केन्द्र घोराही शाखामा पुगेर रक्तदान गरेकाे उनले बताए ।
रक्तदान नै जिवन दान भन्ने मान्यताका साथ आफुले जन्मदिनको अवसरमा कसैकाे लागी महत्वपूर्ण हाेस् भनेर रक्तदान गरेकाे बताए ।
बंगलाचुली क्रिकेट विकास समन्वय समितिककाे अध्यक्ष, स्टार बंगलाचुली युवा क्लवका कोषाध्यक्ष रहेका महरा हिमाल फाेेटाे स्टुडीयाे घाेराहीका सञ्चालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*