दाङ, १७ फागुन
जनजागृति मावि लमडरुवा घोराही १० लमडरुवाका सहायक प्रधानाध्यापक श्रीधर घिमीरेलेको निधन शंकास्पद भएकाले सुक्ष्म अनुसन्धान गर्न विद्यालयले प्रशासनसँग माग गरेको छ ।
विद्यालयले सोमवार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउदै निष्पक्ष र सुक्ष्म अनुसन्धान गर्न माग गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक यामबहादुर डिसीको नेतृत्वमा रहेको टोलीले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र जिल्ला प्रहरी प्रमुख गणेश चन्दलाई ज्ञापनपत्र बुझाउदै विद्यालयका सहायक प्रधानाध्यापक घिमीरेको मृत्यु शंकास्पद देखिएकाले सत्यतथ्य छानविन गर्न माग गरिएकोक छ । ज्ञापनपत्रमा भनिएको छ –‘विद्यालयका सहायक प्रधानाध्यापक श्रीधर घिमीरे राति घरमा एक्लै भएको र विहान आफ्नै घर अगाडी शंकास्पद मृत अवश्थामा भेटिएको र परिवारको भनाई अनुसार घरमा शंकास्पद वस्तु भेटिएकाले सत्यतथ्य के हो निष्पक्ष छानविन गरि दोषी ठहरिएमा हदैसम्मको कारबाहीको माग गर्दछौ ’
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले घटनाबारे सत्यतथ्य पत्ता लाग्ने बताउनुभयो । उहाँले घटनाबारे विभिन्न पाटहरुबाट अनुसन्धान गरिने बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले घटनास्थलमा आफूपनि पुगेको र घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउनुभयो । घटनाको बारे प्रहरी अनुसन्धानमै रहेको र पोष्टमार्टम रिपोर्ट आएपनि थप अनुसन्धान अगाडी बढाउने चन्दले जानकारी दिनुभयो ।