Home / Feature Breaking news / हाम्रो पहुँच सहकारीको १७ औँ बार्षिक साधारण सभा

हाम्रो पहुँच सहकारीको १७ औँ बार्षिक साधारण सभा

तुलसीपुर, २७ असोज ।

तुलसीपुुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १७ औँ वार्षिक साधारण सभा गरेको छ । साधारण सभाले चालु आर्थिक वर्ष २०८०÷२०८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले चालुवर्षका लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल पश्चात बहुमतले परित भएको हो ।

संस्थाले चालुवर्षदेखि विदेशमा रहेका सदस्यका आफन्तहरुले पठाउने पैसाको कारोबार संस्थाबाट गर्नका लागि ‘इन्टरनेशनल मनि एक्सचेन्ज’ कारोबार संचालनमा ल्याउनेदेखि नगद कारोबारलाई व्यवस्थित बनाउन प्रविधिको प्रयोगलाई जोड दिने भएको छ ।

यस्तै चालु वर्षमा संस्थाले शेयर सदस्य वृद्धि २२ दशमलव ७१ प्रतिशतले गर्ने, शेयर पुँजी १५ दशमलव ४७ प्रतिशतले वृद्धि गर्ने, कुल कारोबारलाई १० प्रतिशत वृद्धि गर्ने, बचतलाई ३५ प्रतिशतले वृद्धि गर्ने, खुद वचत ६० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ । सहकारी संस्थाले आगामी माघ १६ मा वार्षिक उत्सव विषेश कार्यक्रम गर्ने पनि साधारण सभाले पारित भएको छ ।

साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद पोखरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो भने संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कोषाध्यक्ष सुवेदीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा ६६ करोड ८ लाख ५ हजार ६४० बराबरको कारोबार गरेको छ भने चालुवर्षमा ६९ करोड ९७ लाख ५७ हजार २१० को कारोबार गर्ने लक्ष्य राखेको छ ।

साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्य प्रसाद शर्माले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ सल्लाहकार ढुण्डीराज खनालले गर्नुभएको हो ।

साधारण सभामा संस्थाका सल्लाहकार भरत भण्डारीले हाम्रो पहुँच बहुउद्देयीय सहकारी संस्थाले आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सहकारीले सानो सानो पुँजी संकलन गरेर ठुलो काम गर्न सफल भएको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष बुद्धिराम बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको हो ।

सहकारीले रेडियो हाम्रो पहुँचसहित वचत तथा ऋण, सहकारी पेट्रोलपम्प, हाम्रो पहुँच विद्यालय र डेरी विभाग गरी पाँच वटा विभाग संचालन गरेको छ ।

सहकारीले १ सय बढीलाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरेको छ भने सहकारी चार हजार बढी शेयर सदस्य आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*