Home / समाचार / नगर विकास नमुना टोलमा नयाँ नेतृत्व चयन

नगर विकास नमुना टोलमा नयाँ नेतृत्व चयन

दाङ, २७ असोज

नगर विकास नमुना टोल विकास संस्था तुलसीपुर उपमहानगरपालिका वडा न ९ को तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष बलिराम खत्रीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा न ९ का वडा अध्यक्ष घनस्याम ढकालको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुक्तिप्रसाद न्यौपाने, यम प्रसाद शर्मा, टोप बहादुर डाँगी, ओज बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उपाध्यक्ष टंकेश्वरी लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पुर्ण भन्डारीले गर्नु भएको थियोे ।

अधिवेशनले विष्णुप्रसाद लामीछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरेको छ । जसको उपाध्यक्षमा सुशीला भन्डारी, सचिवमा बेदप्रकाश भट्टराई र कोषाध्यक्षमा केसरी वली चयन हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*