Home / समाचार / शव पहिचान नहुदा व्ब्यवस्थापनमा समस्या

शव पहिचान नहुदा व्ब्यवस्थापनमा समस्या

दाङ, १७ साउन
लमही अस्पतालमा २ जना शवको पहिचान हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय भालुवाङले २ दिन अघि पानीमा डुवेर मृत्यु भएको र सवारी दुर्घटनामा परी मृत्यु भएको भनी २ जना ब्यक्तिको शव लमही अस्पतालमा पु¥याएको हो । तर, ती मृत्यु भएका ब्यक्तिको पहिचान खुल्न सकेको छैन । लमही अस्पतालका प्रमुख डाक्टर ईश्वरी खनालका अनुसार पानीमा डुवेर मृत्यु भएका व्यक्तीको शव सड्न थालेको छ । ब्यक्तिको पहिचान नहुदा शव ब्यवस्थापनमा समस्या परेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*