Home / Feature Breaking news / बोनम्यारो पीडित छोरा बचाईदिन आमाको अपिल

बोनम्यारो पीडित छोरा बचाईदिन आमाको अपिल

दाङ,८ चैत । बोनम्यारोले पीडित छोराको उपचारका लागि बाँकेकी एक महिलाले सहयोग गरिदिन अपिल गरेकी छिन् । बाँके राप्ती सोनारी गाउँपालिका गाभरकी उमा मौर्यले ८ बर्षिय छोरा कुशलको जीवन बचाईदिन अनुरोध गरेकी हुन् । उमाका अनुसार गत मंसिरदेखि कुशललाई बोन म्यारोको समस्या देखिएको छ । काठमाडौँमा केहि समय उपचार गराएकी उमाले अहिले भने आर्थिक अभावमा उपचार गर्न पनि नसकेको वताईन् ।

घोराहीमा पत्रकार सम्मेलन गर्दै उमाले भनिन् ‘भएको पैसा सकियो, अब उपचार गर्नका लागि पैसा छैन, छोरालाई कसरी बचाउँ ?’ उनका अनुसार चिकित्सकले कुशलको उपचारका लागि ३५ लाख रुपैयाँ लाग्ने बताएका छन् । लामो समय देखि श्रीमानले समेत बेवास्ता गरेकाले आँफू पत्रकारका सामु सहयोगका लागि अपिल गर्न आईपुगेको उमाले वताईन् । ‘श्रीमानले कान्छी श्रीमती लिएर बस्नु भएको छ, छोराको उपचारका लागि उहाँले चासो देखाउनु हुन्न, नत छोराको समस्याबारे उहाँलाई चिन्तानै छ,’ पत्रकार सम्मेलनमा रुँदै उमाले भनिन् ‘म बेसहराले कसरी जुटाउँ ३५ लाख रुपैयाँ ? कोहि दाताले मेरो छोरा बचाईदिनुस् ।’ उनका अनुसार कुशललाई प्रत्यक हप्ता रगत दिनु पर्छ ।

रगत दिईएपछि निको भएको जस्तो देखिने कुशललाई रगतको मात्रामा सकिनासाथ पुनः समस्याले सताउन थाल्ने गरेको उमाले वताईन् । ‘रगत दिएपछि छोरा निको भएजस्तो देखिन्छ, अनि छोरालाई निको भयो होला भनेर खुशी हुन्छु,’ उनले भनिन् ‘शरिरमा रगत सकिएपछि फेरी लखतरान पर्न थाल्छ ।’ गत मंसिर यता कुशललाई रगत दिएरै बचाएको पनि उनले वताईन् । आँफू एक्लैले छोरा बचाउने प्रयास गरिरहेको भन्दै उमाले पारिवारीक साथ र सहयोग नमिलेको दुखेसो पोखिन् । छोराको उपचारका लागि घर परिवारका अन्य सदस्यहरुसंग अनुनय गर्दा पनि परिवारले आर्थिक अभावको समस्या देखाएर फर्काईदिने गरेको उनको भनाई छ ।आर्थिक सहयोगका लागि अवि गरेकी उमाले ग्लोबल आईएमई बैंक (काठमाडौँ शाखा) को खाता नम्बर ०४०८०१०००२००२मा रकम जम्मा गरिदिन अनुरोध गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*