Home / Feature Breaking news / मास्क उत्पादन गर्दै उद्यमी महिलाहरु

मास्क उत्पादन गर्दै उद्यमी महिलाहरु

हिराबहादुर के.सी

घोराही, ८ चैत

कोरोना भाईरस (कोभीड १९) को त्रासका कारण बजारमा मास्क अभाव हुन थालेपछि घोराहीमका उद्यमी महिलाहरुले मास्क उत्पादन गर्न थालेका छन् । घोराहीमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रका महिलाहरुले मास्क उत्पादन गर्न थालेको हुन् ।

महिला सामूदायिक लघुवित्त वितिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रम अन्तरगतको आर्थिक सहयोग र  लैंगीक पुनस्थापना केन्द्रको प्रविधीक सहयोगमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ को काठेकोहलमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रका महिलाहरुले मास्क उत्पादन गर्न थालेका हुन् ।

‘सञ्चार माध्यममा आउने समाचारमा बजारमा मास्क अभाव भएको थाहा पाएपछि हामीहरुले माक्स उत्पादन गर्न सुरु गरेका हौँ’ तालिम केन्द्रका प्रशिक्षक दीपा बस्नेतले भन्नुभयो­ ‘दुई हप्तादेखी दैनिक माक्स उत्पादन गर्ने गरिरहेका छौँ, दिनमा ३ हजार बढि मास्क तयार हुन्छन् ।’

हालसम्म ५० हजार माक्सहरु बजारमा पठाईसकेको बस्नेतले जानकारी दिनुभयो । उत्पादन भएका माक्सहरु माग अनुसार हस्पीटल, पसलहरुमा पठाउने गरेको र फुटकरमा पनि विक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

‘दुई हप्तामा हामीले ५० हजार माक्सहरु बजारमा पठायौ’ उहाँले भन्नुभयो­ ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मीत्र मेडिकल, घोराही उपमहानगरपालिका, श्रीनगर स्टोर लगायत अन्य पसलहरुमा मास्क पु¥याएका छौँ । मागअनुसार मास्क उत्पादन भईरहेको छ ।’

मास्ककालागी आवश्यक कच्चा पदार्थ(कपडा र ईलाष्ट्रिक) काठमाडौँ र बुटवलबाट ल्याउने गरेको तालिम केन्द्रका प्रशिक्षक बस्नेतले जानकारी दिनुभयो ।

बिचमा केही दिन मास्क तयार पार्न प्रयोग हुने ईलाष्ट्रिकको अभाव भएपनि अहिले कच्चा पदार्थ मगाए अनुसार उपलब्ध भईरहेको उहाँले जानकारी दिनुभयो ।

महिला स्वरोजगार तालिम केन्द्रमा ५ जना प्रशिक्षक र २५ जना कर्मचारी रहेका छन् । तालिम केन्द्रले महिलाहरुलाई स्वरोजगार बनाउनकालागि सिलाई कटाई तालिम पनि सञ्चालन गर्ने गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*