हिराबहादुर के.सी
घोराही, ८ चैत
कोरोना भाईरस (कोभीड १९) को त्रासका कारण बजारमा मास्क अभाव हुन थालेपछि घोराहीमका उद्यमी महिलाहरुले मास्क उत्पादन गर्न थालेका छन् । घोराहीमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रका महिलाहरुले मास्क उत्पादन गर्न थालेको हुन् ।
महिला सामूदायिक लघुवित्त वितिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रम अन्तरगतको आर्थिक सहयोग र लैंगीक पुनस्थापना केन्द्रको प्रविधीक सहयोगमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ को काठेकोहलमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रका महिलाहरुले मास्क उत्पादन गर्न थालेका हुन् ।
‘सञ्चार माध्यममा आउने समाचारमा बजारमा मास्क अभाव भएको थाहा पाएपछि हामीहरुले माक्स उत्पादन गर्न सुरु गरेका हौँ’ तालिम केन्द्रका प्रशिक्षक दीपा बस्नेतले भन्नुभयो ‘दुई हप्तादेखी दैनिक माक्स उत्पादन गर्ने गरिरहेका छौँ, दिनमा ३ हजार बढि मास्क तयार हुन्छन् ।’
हालसम्म ५० हजार माक्सहरु बजारमा पठाईसकेको बस्नेतले जानकारी दिनुभयो । उत्पादन भएका माक्सहरु माग अनुसार हस्पीटल, पसलहरुमा पठाउने गरेको र फुटकरमा पनि विक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
‘दुई हप्तामा हामीले ५० हजार माक्सहरु बजारमा पठायौ’ उहाँले भन्नुभयो ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मीत्र मेडिकल, घोराही उपमहानगरपालिका, श्रीनगर स्टोर लगायत अन्य पसलहरुमा मास्क पु¥याएका छौँ । मागअनुसार मास्क उत्पादन भईरहेको छ ।’
मास्ककालागी आवश्यक कच्चा पदार्थ(कपडा र ईलाष्ट्रिक) काठमाडौँ र बुटवलबाट ल्याउने गरेको तालिम केन्द्रका प्रशिक्षक बस्नेतले जानकारी दिनुभयो ।
बिचमा केही दिन मास्क तयार पार्न प्रयोग हुने ईलाष्ट्रिकको अभाव भएपनि अहिले कच्चा पदार्थ मगाए अनुसार उपलब्ध भईरहेको उहाँले जानकारी दिनुभयो ।
महिला स्वरोजगार तालिम केन्द्रमा ५ जना प्रशिक्षक र २५ जना कर्मचारी रहेका छन् । तालिम केन्द्रले महिलाहरुलाई स्वरोजगार बनाउनकालागि सिलाई कटाई तालिम पनि सञ्चालन गर्ने गरिरहेको छ ।
RaptiSandesh RaptiSandesh