Home / Feature Breaking news / जिल्लास्तरिय मार्शल आर्ट्स हाप्किडो प्रतियोगिताको तयारी तीव्र

जिल्लास्तरिय मार्शल आर्ट्स हाप्किडो प्रतियोगिताको तयारी तीव्र

दाङ,२६ भदौ । दाङको घोराहीमा पहिलो पटक जिल्लास्तरिय मार्शल आर्ट्स हाप्किडो प्रतियोगिता हुदैछ । दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको संयोजनामा यहि भदौको २७ र २८ गते प्रतियोगिता हुन थालेको हो । भोलीदेखि हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजक टिमले जानकारी दिएको छ ।

hafkidiyo

जिल्लाको खेलकुद क्षेत्रको विकास र लुकेर रहेका प्रतिभाहरुलाई पहिचान गर्दै खेल क्षेत्रमा अघि बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको दाङ मार्शल आर्ट्स हाप्किकडो संघका जिल्ला अध्यक्ष एव कार्यक्रम संयोजक भुवन बुढामगरले जानकारी दिए । भदौको २७ र २८ गते घोराही उपमहानगरपालिका–१४ मा रहेको घोराही कवर्ड हलमा हुने प्रतियोगितामा ६ वटा डोजाङका खेलाडीहरुको सहभागिता हुने भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा जिल्लाभरका एक सय २० जना बढि खेलाडी, प्रशिक्षक, रेफ्रिहरुको सहभागिता हुने संयोजक बुढाले जानकारी दिए । प्रतियोगितामा २० देखि ५५ केजी उमेर समूहका महिला र पुरुष खेलाडीहरुको सहभागिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने महिला र पुरुष खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*