देउखुरी, १३ कार्तिक । देउखुरीको भालुवाङमा केही दिन पहिले मृत भेटिएका एक युवकको मंगलवार पहिचान खुलेको छ । असोज २ गते भालुबाङ स्थीत राप्ती नदीको तटबन्धमा झुण्डिएको अवस्थामा फेला परेको शब झण्डै ११ दिन पछि पहिचान खुलेको हो ।
ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रबिन्द्रराज पाण्डेका अनुसार मृतक ती युवक प्यूठान जिल्ला झिम्रुक गाउँपालिका(२ बादीकोट तथा हाल नबलपरासी जिल्लाको बर्दघाट नगरपालिका(१ पुर्नबास निवासी बर्ष ४० का शिबबहादुर रोका रहेको जानकारी दिए । मृतकका भाई चेतबहादुर रोका ईलाका प्रहरी कार्यालय भालुबाङमा आई मृतक शिबबहादुर आफ्नो दाजु भएको बताएपछि सनाखत भएको प्रहरी प्रमुख पाण्डेले बताए ।
तर मृत्युको कारण भने अहिले सम्म खुल्न नसकेको प्रहरीले जानकारी दिए । पोष्टमार्टम रिपोर्ट र ल्यापटेस्टको रिपोर्ट आएपछि मात्र मृत्युको कारण पत्ता लाग्ने प्रहरी प्रमुख पाण्डेले बताए । साथै मृत्युको कारणका बिषयमा अनुसन्धान भईरहेको र छिट्टै नै कारण खुल्ने प्रहरी प्रमुख पाण्डेको भनाई छ । मृतक शिब के को शिलशिलामा भालुबाङ आएको र कसरी मृत्यु भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको ईप्रका भालुबाङले जनाएको छ । मृतक रोकाको तीन छोरा र एक श्रीमती छन् । उनी बर्दघाटमा अटो चालकका रूपमा काम गर्दै आएका थिए ।