नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) को अवसरमा नेपाली संगीत बजारमा जीत गीतको सिजन छ । आजभोली जताततै तीज गीतहरु घन्कीरहेका हुन्छन् । हरेक वर्ष झै तीजको रौनकता सुरु भएको छ । तीज पर्वलाई विशेष पर्वका रुपमा गीतले रौकनता थप्छ । अन्य पर्व भन्दा यो पर्वमा गीतको विशेष महत्व रहने गर्दछ । तीज गीतहरुको भिडमा सबैले फरक फरक गीत बजारमा ल्याईरहेका छन् ।
दंगाली कलाकारहरुका दर्जनौ गीतहरु ऋहिले बजारमा आएका छन् । जसले गर्दा तीज गीतमा दंगाली कलाकारहरुको विशेष स्थान रहेको छ । दंगाली कलाकारहरुको गीत उत्कृष्ट पनि छन् । दंगाली कलाकार भूमीका गिरीको नयाँ तीज गीत बजारमा आएको छ । पछिल्लो समयको चर्चीत एवं लोकप्रीय गायीका भूमीकाले यस वर्षको तीज गीत ‘सिस्नोले हान्दीन्छु’ बोलको गीत बजारमा ल्याएकी छिन् । हरेक वर्ष तीज गीत बजारमा ल्याउने भूमीकाको प्रत्यक गीत लोकप्रीय एवं चर्चीत बनेका छन् । यस वर्षको गीत पनि सबैको रोजाई बन्दै गएको छ ।
गीतमा नेपाली नारीहरुको एक महत्वपूर्ण पर्व हरितालिका तीजमा महिलाहरु साडीमा राम्रो देखीने भएकाले साडी लगाउन उत्प्रेरणा गर्ने भाव समेटिएको छ । पछिल्लो समय तीज पर्वको समयमा देखीन विकृतिलाई यस गीतमा समेटिएको छ । नेपाली समुदायकालागी सुहाँउदो पोशाक लगाउन उत्प्रेरित गर्दै गीतमार्फत सचेत पारिएको छ । भूमीकालाई गायक तिलक वलीले साथ दिएका छन् । गायक तिलकले भूमीकालाई पाईन्ट लगाउन छाडेर साडी लगाउन अनुरोध गर्दै छोटा कपडा लगाएमा सिस्नोले हान्ने भन्दै सचेत बनाएका छन् । तीजको बेलामा साडी लगाउन छोडेर छोटा कपडा लगाएको भन्दै तिलकले भूमीकालाई साडी लगाउन सुझाव दिदाँ भूमीकाले साडी लगाउन नजान्ने र लगाएपनि गरुंगो भएकाले धान्न नसक्ने बताउछीन् । तिलकले साडी धान्न नसक्ने ज्यान कस्तो भन्दै तीजको बेला साडी लगाउनुपर्ने सुझाव दिन्छन् । भूमीकाले साडी लगाउन नजान्ने भन्दै तिकललाई साडी लगाउन बोलाउछिन् । अन्तिममा तिलकको अनुरोधलाई स्वीकार गर्दै भूमीकाले नजानी नजानी भएपनि साडी लगाएर तीजमा नाच्न जान्छीन् ।
तीजमा देखीने विकृतिलाई उजागर गर्दै चेतनाकालागी ल्याईएको यो गीतको शब्द तथा लय तिलक वलीको रहेको छ । जसमा भूमीका, निक्स, मालती र रमेशको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायांकन र प्रविण भट्टको सम्पादन रहेको यस गीतको एकता फिल्मस् नेपालले दृष्य निर्माण गरेको हो । यो गीतले दिएको सचेतना सधै सबैले आत्मसाथ गर्न सकौ । शुभकामना ।।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः