Home / प्रदेश समाचार / पूर्वी रुकुमलाई छुट्टै जिल्ला बनाउन माग

पूर्वी रुकुमलाई छुट्टै जिल्ला बनाउन माग

रुकुम, ७ साउन
पूर्वी रुकुमलाई छुट्टै जिल्ला वनाउन रुकुमेलीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षनण गराएका छन् । रुकुमका राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुले शनिबार प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र वुझाएका हुन् ।

प्रदेश नम्बर ५ मा पारिएको पूर्वी रुकुम क्षेत्रफलको हिसावले पनि अर्को जिल्ला बन्न सक्ने ज्ञापन पत्रमा उल्लेख छ । समग्र रुकुमको क्षेत्रफल २८७७ वर्ग किलोमिटर रहेकोमा पूर्वी रुकुममा ५८ दशमलव ५ प्रतिशत भूभाग छ । सिस्ने, दोगारी, सामजोङ्ग, चुरेन लगायत ५ वटा भन्दा वढि हिमाल र पुपाल, फागुने, लालपाटन लगायतका हिम चुचुरा रहेकोले हिमाली जिल्ला बनाउन माग गरिएको छ ।

पूर्वमन्त्री तथा सभासद गणेशमान पुन, पुर्वराज्यमन्त्री केशरमान रोका, नेकपा एमालेका केन्ऽिय सदस्य खेममान खड्का लगायतको टोली ज्ञापनपत्र वुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*