Home / समाचार / बस्नेतकाे जन्मदिनमा राेका परिवारलाई सहयोग

बस्नेतकाे जन्मदिनमा राेका परिवारलाई सहयोग

बिष्णुकुमार देवकोटा

दाङ, २४ कार्तिक

नारायणपुर उद्याेग वाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेतले जन्मदिनका एक असहाय परिवारलाई सहयाेग गरेका छन् ।

नेपाल तरूण दल दाङकमे अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का सल्लाहकार बस्न्तले अाफ्नाे जन्मदिनकाे अवसर पारेर घाेराही १५ का महाबिर रोका लाई नगद आर्थीक सहित न्यानो कपडा सहयोग अाईतवार प्रदान गरेका हुन् ।

जन्म दिन लाई फजुल खर्च गरी मनाउने युवा पुस्तामाझ सकारात्मक संदेश पुगोस भन्ने हेतुले राेकाकाे परिवारलाई सहयाेग गरेकाे बताए ।

बस्नेतले स्पाईनल कर्ड इन्ज्युरी बाट पिडित घोराही निबासी अपाङ्ग रोकालाई न्यानो ब्ल्याङ्केट, सिरानी सहित नगद सहयाेग गरेका थिए ।
सफल युवा व्यवसायीका रूपमा पहिचान बनाएका बस्नेत लामाे समयदेखी सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*