Home / Feature Breaking news / आत्मनिर्भर बनाउने कार्यक्रम आवश्यक

आत्मनिर्भर बनाउने कार्यक्रम आवश्यक

नेपाल अपाङ्ग संघको साधारणसभा

दाङ, २२ कार्तिक । लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको विकास गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने संस्थाका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाको सातौँ साधारणसभालाई शनिवार घोराहीमा सम्बोधन गर्दै प्रदेशसभा सदस्य डाँगीले संस्थाको गतिशीलतालाई निरन्तरता दिँदै सबैसँग समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको हकहितसँगै आत्मनिर्भर बनाउने गरी काम गर्नुपर्ने बताएका हुन् ।

त्यसका लागि आपूmले सहयोग गर्ने समेत उनले बताए । ‘पुरानो संस्थाका रुपमा रहेको नेपाल अपाङ्ग संघले अपाङ्गता भएका व्यक्तिहरुको लागि धेरै महत्वपूर्ण काम गरेको छ, यो राम्रो काम हो’–उनले भने–‘आगामी दिनमा थप कार्य गर्नका लागि संस्थाले पहल गरे, म पनि सहयोग गर्न तयार छु ।’ उनले त्यसका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले संस्थालाई गतिशील बनाउँदै संस्थालाई आत्मनिर्भर बनाउने गरी काम गर्न आवश्यक रहेको बताए । भौतिक रुपमा सम्पन्न भएको संस्थालाई सबैले पहल गर्नसके अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने केन्द्रका रुपमा अघि बढाउन सकिने समेत बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको हकहितसँगै आत्मनिर्भर बनाउनसक्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले भौतिक रुपमा सम्पन्न भएको संस्था भएकाले काम गर्न समेत सहज भएको बताएका थिए ।

संस्थाले अपाङ्गता पुनःस्थापना केन्द्र सञ्चालन गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई आवसीय सेवा समेत दिँदै आएको छ । त्यसका लागि संस्थालाई लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । त्यससँगै अपाङ्गता भएका व्यक्तिहरुलाई कृत्रिम अङ्ग सहायक सामग्री खरिद, अपाङ्गता पुनःस्थापना सहयोग कार्यक्रमलगायतका सञ्चालन गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका–१४ का सदस्य गुलाम रसुल, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपमहासचिव चिन्तामणि पौडेल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार भोलानाथ योगीलगायतले बोलेका थिए ।

साधारणसभामा सचिव भुमा चौधरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बसन्तराज भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष रुपा ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीमण न्यौपानेले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका निशान्त आचार्यले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*