Home / समाचार / सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कार्तिक २२, सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका—४ दिवागघारीमा आज शनिबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीपख चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*