Home / Feature Breaking news / २० हेक्टर जमिनमा अदुवा र हलेदो खेती गरिदै

२० हेक्टर जमिनमा अदुवा र हलेदो खेती गरिदै

दाङ,२६ चैत । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत आलुआर्थिक बर्ष घोराहीका दुई स्थानमा २० हेक्टर जमिनमा अदुवा र हलेदो खेती गरिने भएको छ । परियोजनाको पकेट क्षेत्र कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १९ सैघामा अदुवा खेती र घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरमा हलेदोको व्यवसायीक खेती गरिन थालिएको हो ।

हलेदो र अदुवाको व्यवसायीक खेतीसँगै कृषिहरुको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले घोराहीमा पकेट क्षेत्र लागु गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरतमणी पोख्रेलले जानकारी दिए । कृषि प्रसार अधिकृत पोख्रेलका अनुसार परियोजना र किसानको ५०÷५० प्रतिशत लगानी गरि दश लाखको लगानीमा सैघामा रहेका भुतखोला कृषि सहकारी सस्थाले दश हेक्टर जमिनमा व्यवसायीक अदुवा खेती गर्दैछ । त्यसकालागि जग्गा छनोट सँगै अदुवाको बिउँ खोज्ने काम भईरको कार्यालयले जनाएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरमा महिलाहरुले हलेदोको व्यवसायीक खेती गर्न थालेका हुन । बेसार पकेट क्षेत्र कार्यक्रम अन्तर्गत हापुरमा रहेको चत्रुमुखी महिला कृषि सहकारी सस्थाले हलेदो खेती गर्न थालेको हो । सस्थामाफर्त गाउँका महिलाहरुले करिव दश हेक्टर जमिनमा व्यवसायीक खेती गर्न थालेको पोख्रेलले जानकारी दिए । ‘हलेदो खेतीको प्रवद्र्धनसँगै आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पकेट क्षेत्र लागु गरिएको छ’,उनले भने,‘यसले महिलाहरुको आयआर्जनमा वृद्धि गर्नेछ ।’ तरकारीमा मसलाका रुपमा प्रयोग हुने अदुवा र बेसारको व्यवसायीक खेती गर्न सक्ने राम्रो आम्दानी लिन सकिने समेत उनको भनाई रहेको छ । केही बर्ष पहिलेसम्म घरका लागि थोरै जमिनमा बेसार र अदुवा खेती गर्ने किसानहरु पछिल्लो समय व्यवसायीक रुपमा खेती गर्न थालेका छन ।

कार्यालयका अनुसार बेसार खेतीपनि किसान र परियोजनाको ५०÷५० गरि दश लाख रुपैयाँको लागतमा हुदैछ । किसानलाई प्राविधिक सहयोग कार्यालयले गर्ने गरेको छ ।
कृषि ज्ञान केन्द्र घोराहीका अनुसार अहिले जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत ६० वटा पकेट क्षेत्र र दुई वटा व्लक क्षेत्र रहेका छन । पकेट र व्लकमा विभिन्न जातका तरकारी, धान, मसुरो, माहुरी, च्याउँ,मकैलगायतका कृषि बालीमा किसानलाई सहयोग गर्दै आएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*