Home / Feature Breaking news / शक्ति पर्दशन गर्दै कांग्रेस र गठबन्धनद्धारा उमेद्वारी दर्ता

शक्ति पर्दशन गर्दै कांग्रेस र गठबन्धनद्धारा उमेद्वारी दर्ता

घोराही, १६ कार्तिक
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचनकालागि दाङमा उत्साहजनक रुपमा उमेद्वारी दर्ता भएको छ । राजनितिक दलहरुले विहीवार उत्सााहजनक रुपमा उमेद्वारी दर्ता गरेका हुन् ।

विशेष गरि नेपाली कांग्रेस र संयुक्त बामगठबन्धनले जिल्लाभरबाट सदरमुकाम घोराहीमा कार्यकर्ता जम्मा गरेर शक्ती प्रर्दशन गरेका थिए ।
दाङबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराले उमेद्वारी दर्ता गरेका छन् ।

उनले दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधी सभा सदस्यकालागि उमेद्वारी दर्ता गरेका हुन् । यस क्षेत्रमा कांग्रेसबाट निवर्तमान सांसद राजु खनालले उमेद्वारी दर्ता गर्नुभएको छ ।

पूर्व सिचाई मन्त्री एवं कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनीधी सभा सदस्यमा उमेद्वारी दर्ता गरेका छन् । यस क्षेत्रमा एमाले माओवादी गठबन्धनबाट हिराचन्द्र केसीले उमेद्वारी दिएका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनीध सभा सदस्यकालागि गठबन्धनबाट मेटमणी चौधरी र कांग्रेसबाट सुशीला चौधरीले उमेद्वारी दर्ता गर्नुभएको छ ।

संयुक्त गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यकालागि क्षेत्र नम्बर २ को (क) बाट एमालेका नेता शंकर पोख्रेलले उमेद्वारी दिएका छन् । यस क्षेत्रमा कांग्रेसको तर्फबाट कांग्रेसका युवा नेता कमल किशोर घिमीरेले उमेद्वारी दिएका छन् ।

यस्तै निर्वाचत क्षेत्र नम्बर १ को (क) बाट कांग्रेसका प्रदिप थापा (ख) बाट जानकीलाल बस्नेत, क्षेत्र नम्बर २ को (क) बाट कमल किशोर घिमीरे, (ख) बाट भरतबहादुर न्यौपाने, क्षेत्र नम्बर ३ को (क) बाट डिल्ली चौधरी, (ख) बाट बुद्धिराम भण्डारीले उमेद्वारी दर्ता गर्नुभएको छ ।

संयुक्त गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा क्षेत्र नम्बर १ (क) बाट ईन्द्रजित चौधरी, (ख) बाट रेवतिरमण शर्मा, क्षेत्र नम्बर २ (क) बाट शंकर पोख्रेल, (ख) बाट अमर डाँगी, निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट जगप्रसाद शर्मा र (ख) उत्तरकुमार वलीले उमेद्वारी दर्ता गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*