Home / समाचार / थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि

थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,२० कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*