देवी भण्डारी
हापुरे, २६ माघ
पश्चिम दाङको हापुरेमा रहेको जनकल्यान माध्यमिक विद्यालयमा हाल प्लस टु सञ्चालन गर्न नसकिने भएको छ ।
दाङको पश्चिम हापुरेलाई शैक्षिक हब बनाउने उदेश्य का साथ २०७३ सालमै प्लस टु सन्चालन गर्ने उद्धेश्यले २०७२ सालमा जनकल्यान माध्यमिक विद्यालयमा श्रीमद भागवत ज्ञानमहायज्ञ सञ्चालन भएको थियो । माहाज्ञयबाट सबै खर्च कटौती गरि ६लाख ९५ हजार बचत भएको प्रधानध्यापक खिमबहादुर केसीले जानकारी दिनुभएको छ ।
महायज्ञबाट अपेक्षित रकम संकलन नभएपनि प्लस टु संचालनको तयारीमा रहेको जनकल्यान माध्यमिक विद्यालयलाई जिल्ला शिक्षकार्यलयले त्यस बर्ष कुनैपनि विद्यालयलाई स्वीकृत नदिकाले सञ्चालन गर्न नसकिएको प्रधानाध्यापक केसीले जानकारी दिनुभएको छ ।
२०७३ मै सञ्चालनको तयारी गरी उच्चमाध्यामिक शिक्षा परिषद्मा विद्यालय निरिक्षक मार्फत सबै कागजात पठाएको र शिक्षा परिषद्ले जिल्ला शिक्षा कार्यालय दाङलाई नै त्यसको अनुमति दिएको थियो ।
जिल्ला शिक्षा कार्यालय दाङले २०७३ सालमा कुनै पनि विद्यालयमा प्लस टु सञ्चालनको लागि अनुमति नदिएको हुँदा ढिलाई भएकोे बताईएको छ । २०७३ सालमा अनुमति नपाएको र २०७४ सालमा स्थानीय तहको निर्वाचन पश्चात सबै अधिकार स्थानीय तहलाई आएको छ । कक्षा १० सम्म सञ्चालन गर्न पनि सबै शिक्षकलाई दरबन्दी नहुँदा कठिन भएको केसीले बताउनुभयो ।
विगतका दिनमा निजी स्रोतबाट कक्षा १० सम्म सन्चालन भएको उक्त विद्यालयमा अहिले पनि निजी स्रोत बाट सञ्चालन भइरहेको केसीले बताउनुभयो । साथै अव प्लस टु सन्चालन नभई प्रत्येक गाँउपालिकाको एउटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन सरकारले ल्याएको अवधारण पुरा गर्न गाउंपालिका संग छलफल भएको उहाँले जानकारी दिनुभएको छ ।
बृहत सोचका साथ प्राविधिक शिक्षा सञ्चालन गर्ने कुरा गाँउपालिकासँग भएको छ । साथै हाल विद्यालयमा भवन जिर्ण भएकाले भवन निमार्णको काम भइरहेको प्रधानध्यापक खिमबहादुर केसीले जानकारी दिनुभएको छ ।
२०३६ सालमा स्थापना भएको माध्यामिक विद्यालय प्रावि, निमानि हुदै हाल कक्षा १० सम्म पढाई हँुदै आएको छ ।