Home / Feature Breaking news / पाटीले धोका दिएको भन्दै गायिका वलीको बागी उम्मेदवारी

पाटीले धोका दिएको भन्दै गायिका वलीको बागी उम्मेदवारी

  • घोराही,१६ कार्तिक । नेकपा एमालेले धोका दिएको भन्दै दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि गायिका कोमल वलीले स्वतन्त्र उमेदवारी दर्ता गराएकी छिन ।
  • विहीवार राष्ट्रिय झण्डा बोकेर घोराहीस्थित नेपाल वारको भवनमा उमेदवारी दर्ता गर्न पुगेकी वलीले उमेदवारी दर्तापछि सञ्चारकर्मीसंग कुरागर्दै एमाले आफुलाई धोका दिएको भन्दै अव कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने बताएकी हुन ।
    ‘म अहिलेसम्म पार्टी मै छु, तर एमालेको नीति के छ ? थाहाँ छैन , कारवाही गर्न पनि सक्छ र त्यसको लागि म तयार छु ।’ झन्डै एक महिना अघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर एमालेमा प्रवेश गरेकी वलीले भनिन् –‘शुरुमा पार्टीले जुन आशा देखाएको थियो तर अहिले धोका दिएकाले मैले उमेदवारी दिएको हुँ, अव झिक्ने छैन ।’
  • सुरुमा नेता शंकर पोख्रेलका सामुन्ने अध्यक्ष केपी ओलीले प्रत्यक्ष वा समानुपातिक मध्ये एउटा दिने वचन गरेपनि अन्तिममा आएर धोका दिएको उनको गुनासो छ । ‘ म चुनावमा लड्ने तयारीका साथ गाउँ गाउँमा कार्यक्रम गर्न व्यस्त भए, तर अन्तिममा आएर धोका भयो’–वलीले भेनिन् –‘राजनीति मज्जाले भोग्दैछु र बुझ्दै छु, त्यसैले त यस्लाई डर्टी गेम भनिएको रहेछ ।’
  • आफूले उम्मेदवारी दिएर जनमत परिक्षण गर्ने संकल्प गरिसकेको हुँदा अब आफू त्यसवाट ब्याक हुन नसक्ने उनको भनाई छ । क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरी र बाम गठबन्धनवाट नेकपा एमालेका जिल्ला सचिव हिराचन्द केसीको उम्मेदवारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*