Home / Feature Breaking news / बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवामा सङ्क्रमण देखिएन

बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवामा सङ्क्रमण देखिएन

काठमाडोँ, १७ चैत

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइतबार मृत्यु भएका युवामा सङ्क्रमण नभएको पाइएको छ।

उनको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए।

कोराना भाइरस सङ्‍क्रमणको आशङ्‍कामा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका(४ का ३४ वर्षीय बाबुराम थापाको आइसोलेसनमा राखेर उपचार भइरहेको बेला आइतबार दिउँसो १ बजे मृत्यु भएको थियो।

थापा दुबईबाट चैत ६ गते काठमाडौं आएका थिए।  त्यसको भोलिपल्ट चैत ७ गते बसबाट उनी रुपन्देही आएका थिए।

दुबईमा टयाक्सी चालकका रूपमा कार्यरत थापालाई घर आएकै दिनदेखि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो। स्थानीय मेडिकलमा उपचार गरेपछि पनि श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुन आएको अस्पतालका सूचना अधिकारी डा। गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*