Home / Feature Breaking news / क्रियाशीलता र ईमान्दारिताले भरिपूर्ण युवा व्यवसायी युवराज पन्त

क्रियाशीलता र ईमान्दारिताले भरिपूर्ण युवा व्यवसायी युवराज पन्त

घोराही, १० असोज

युवा जोशले भरिपूर्ण व्यवसायी हुन् युवराज पन्त । दाङकै पुरानो ज्योति बस्त्रालयका सञ्चालक पन्त सामाजिक कार्यमा क्रियाशील छन् ।

असोज १३ गते हुने दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार बनेका पन्त सामाजिक संघसंस्थामा क्रियशील छन् ।

व्यवसायीहरुको छाता संगठनमा युवाहरुको नेतृत्व रहदा आफूपनि सदस्य भएर व्यवसायिक व्यवसायीहरुको हकहितकालागी काम गर्ने तीव्र ईच्छाकासाथ उम्मेद्वार बनेको पन्तले बताए ।

वि.स २०५३ मा लक्ष्मीपुरमा जन्मीएका पन्त घोराहीको न्यू रोडमा रहेको न्यू ज्योति बस्त्रालायका सञ्चालक हुन् ।

सरल, शालिन तथा मिजासिला स्वभावका पन्त सबैमाझ लोकप्रीय छन् । सबैले रुचाउने पन्त काममा पनि त्यतिकै सक्रिय र ईमान्दार देखिन्छन् । इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने पन्त निरन्तर रुपमा उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील रहने गर्दछन् ।

रोटरी क्लब अफ दाङको सहसचिव, त्रिभुवननगर जेसिजको सदस्य रहेका पन्त आफूलाई मत दिनेमा विश्वस्त रहेको बताउछन् । साथै उनले सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुलाई आँफूलाई मत दिन अनुरोध गरेका छन् ।

‘म एउटा जोश लिएर दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा जानकालागी उम्मेद्वार बनेको छु’ पन्तले भने– ‘मेरो उत्साहलाई सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुले सफल बनाउनकालागी मत दिनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*