Home / Feature Breaking news / घरदैलोमा नागरिकता पाउदा स्थानीय खुशी

घरदैलोमा नागरिकता पाउदा स्थानीय खुशी

दाङ, ३० कार्तिक । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको समन्वयमा घोराहीको पहाडी वडा सैघामा एकीकृत घुम्ती शिविर सञ्चालित गरेको छ ।
सैघाको गगवती माध्यामिक विद्यालय होडबाङमा आयोजना गरिएको शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, पशु स्वास्थ्य जाँच, कृषकहरुलाई परामर्श, निःशुल्क औषधि वितरण, नमस्ते र स्काई सिमकार्ड वितरण लगायतका सेवाहरु प्रवाह गरिएको थियो । त्यस अवसरमा स्थानीय ३६ वर्षीय कमला घर्तीलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकता प्रदान गरेर शिविरको उद्घाटन गरेका थिए ।

त्यसमा अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले जनताहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको बताउँदै विविध कारणले सेवा लिनबाट बञ्चित नागरिकलाई सेवा दिनु सरकारको प्रमुख दायित्व भएको बताएका थिए ।

DSC_6494

भौगोलिक हिसाबले उपमहानगरको विकट यस वडालाई सडक सञ्जाल विस्तार गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै नगर प्रमुख चौधरीले भौगोलिक विकटता अबको आर्थिक वर्षभित्रै सुगमतामा परिणत हुने बताएका थिए । विकट वस्तीका नागरिकलाई घरदैलोमै एकीकृत रुपमा सेवा प्रवाहका लागि सैघामा शिविर चलाएको दाङका प्रमुख जिल्ल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । पिछडिएको एवं विकट क्षेत्रका नागरिकलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले शिविर आयोजना गर्दै आएको उनको भनाई रहेको थियो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसूदन यादवले चालु आर्थिक वर्षमै सैघामा विद्युत पु¥याउने प्रतिबद्धता व्यक्त गरे । १९ नम्बरका वडा अध्यक्ष हर्क घर्तीमगर वडाको विकासका लागि अब स्थानीय सरकारसँगै राज्यका अन्य निकायले लगानी गर्नुपर्ने माग गरे । खानेपानी, बिजुली, सडक लगायत आधारभूत आवश्यकता प्राप्त गर्न समेत समस्या भएको बताउँदै उहाँले यसतर्फ सम्बद्ध निकायले लगानी गर्नुपर्ने घर्तिको भनाई थियो ।
शिविरमा ३ घण्टा पैदल हिँडेर समेत नागरिक सेवा लिन आएका थिए । घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गर्दै स्थानीयले वडाको विकासमा ध्यान दिन स्थानीय सरकारलाई आग्रह गरेका थिए । शिविरमा बालकदेखि बृद्धसम्मले सेवा लिइरहेका छन् । सरकारी सेवालाई वडाबाटै प्राप्त गर्ने गरी सहज तथा प्रभावकारी बनाउन र आवश्यक कर्मचारी परिचालन गर्न उनीहरुले माग गरेका थिए । विकट बस्ती भएको भन्दै दक्ष जनशक्ति आफ्नो वडामा आउन नमान्ने भएको हुँदा आवश्यक सेवा सुविधा एवं स्रोतसाधनको व्यवस्थापन गर्न पनि उनीहरुले माग गरेका थिए ।

शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही उपमहानगरको स्वास्थ्य शाखा, वडा नं. १९ को स्वास्थ्य चौकीले स्वास्थ्य परीक्षण एवं परामर्श प्रदान गरेका छन् ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अमरराज शर्माले गरेका थिए ।

वडाध्यक्ष घर्तिका अनुसार शिविरमा २७ जनालाई नागरिकता, एक सय ४० जनालाई नागरिकताको लागि सिफारिस, एक सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यस्तै २२ जनालाई टेलिकमको सिम वितरण, ५५ परिवारले पशु सेवा, ६५ जनाले आखा सम्वन्धी समस्याको चेकजाच, ६२ जनालाई फोटो सेवा लिएका छन । त्यस्तै शिविरमा किसानका कृषि सम्वन्धी सेवा समेत कृषि विज्ञहरुले सेवा दिएका थिए । घुम्ती शिविरमा यसै आर्थिक बर्ष सैघाको वडा कार्यालयसम्म पु¥याउने तथा वडामा खानेपानी समस्या समाधानकालागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सम्भाव्यता अध्ययन गर्ने प्रतिवद्धता व्यक्त गरेको वडाध्यक्ष घर्तिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*