Home / Feature Breaking news / पूर्वगृहमन्त्री खाणको आजदेखि बयान लिइने
फाईल फोटो

पूर्वगृहमन्त्री खाणको आजदेखि बयान लिइने

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम असुली गरी भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको आज (बिहीबार)देखि बयान लिइने भएको छ।

प्रहरीले बुधबार खाणलाई काठमाडौं चाबहिलस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबारदेखि खाणको बयान लिन सुरु गरिने बताएको छ।

प्रहरीले बुधबार नै खाणलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले खाणमाथि अनुसन्धानका लागि ३ दिनको म्याद (अनुमति) दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*