Home / Feature Breaking news / लक्ष्मणको शव भेटाउने प्रहरी जवान प्रभुलाई सम्मान

लक्ष्मणको शव भेटाउने प्रहरी जवान प्रभुलाई सम्मान

दाङ,२० मंसिर । केही दिन पहिले घोराही उपमहानगरपालिका १७ गुलरियामा रहेको कृतिम तलाउमा डुबेर मृत्यु भएका लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवानलाई मृतकका परिवारले सम्मान गरेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निबासी १८ वर्षीय लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवान प्रभु सुनारलाई डिसीको परिवारले विहीवार सम्मान गरेको हो ।

जिल्ला पं्रहरी कार्यालय परिसरमै पुगेर सुनारलाई डिसी परिवारले नगद सहित सम्मान गरेको हो । नगद ५ हजारसहित अविर र मालाले प्रहरी जवान सुनारलाई सम्मान गरिएको थियो । त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तिले प्रहरीको मनोबल बढाउने गरि डाँगी परिवारले प्रहरी जवान प्रभु सुनारलाई सम्मान गरेको धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिकाले गुलरियामा निर्माण गरेको कृतिम तालमा मंसीर ९ गते डुबेका डिसीको शव चार दिन पछि प्रहरी जवान प्रभु सुनारले फेला पारेका थिए । बर्दिया घर भएका सुनार जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*