Home / Feature Breaking news / पर्यटक तान्न ‘होमस्टे’

पर्यटक तान्न ‘होमस्टे’

दाङ । राप्ती गाउँपालिकाले पर्यटन प्रवद्र्धन र स्थानीयको आयस्तर बढाउन गाउँपालिका भित्र होमस्टेको सञ्चालनको तयारी गरेको छ । गाउँपालिकाले ३ वडामा होमस्टे सञ्चालनमा ल्याउने तयारी गरेको हो । अहिले वडा नं ६ को वगरापुरमा होटस्टे सञ्चालनमा आइसकेको छ ।

गाउँपालिकाले मंसिर ११ वाट वडा नं ६ मा थारु होमस्टे सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले बताए । यस आर्थिक वर्ष भित्र वडा नं १ र २ मा पनि होमस्टे सञ्चालनको लागि तयारी भएको भुसालले बताए । वडा नं १ र २ मा मंगर समुदायको वस्ती वढी रहेकाले मगर होमस्टे सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको प्रमुख प्रशासकिय अधिकृत भुसालले बताए । अहिले वडा नं ६ मा ४ घरवाट होमस्टे सञ्चालन गरीएको र यसलाई वढाउदै लगिने गाउँपालिकाले जनाएको छ ।

होमस्टे सञ्चालन भए पछि आन्तरीक तथा वाहिय पर्यटकहरुको सङख्या वृद्धि हुने समेत गाउँपालिकाले अपेक्षा गरेको छ । ‘होम स्टेले संस्कृति संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने छ’ अधिकृत भुसालले भने ‘ यसले लोप हुन लागेको संस्कृति संरक्षण र संस्कृति प्रवद्र्धन, भेष भुसा संरक्ष्णण गर्ने समेत सहयोग मिल्ने छ ।’ पर्यटकहरुको संख्यावढे संगै स्थानियवासीन्दाहरु आर्थिक रुपमा समेत परिवर्तन आउने प्रमुख प्रशासकीय अधिकृत भुसालले दावि गरे ।

त्यसै गरी स्थानिय वासीन्दाहरु वाहृय वातावरण संग मानसिक रुपमा जोडिन सहज हुने छ । यसले स्थानिय वासीन्दाहरुले अन्य स्थानका वारेमा समेत जानकारी लिन सक्ने छन् भने होमस्टे भएपछि वाहिर वाट आउने मानिसहरु संग जोडिएर अगाडि वढन सहयोग मिल्ने छ ।

गाउँपालिकाको वडा नं ६ मा सञ्चालनमा ल्याएको थारु होमस्टेमा पुग्ने पर्यटकले थारु समुदायका खाइने खाना खान पाउने तथा वास वस्न समेत पाउने भएका छन् । थारु समुदायको कला संस्कृतिसंग रमाउन समेत पाउने प्रमुख प्रशासकिय अधिकृत भुसालले बताए । त्यसैगरेर थारु समुदायका संस्कृति, तथा भेषभुसाका वारेमा जानकारी लिन सक्ने छन् । स्थानिय खाद्यन्नको समेत संरक्षण हुने छ । होमस्टे सञ्चालन गर्नेका लागि गाउँपालिकाले स्थानिय वासीन्दाहरुलाई तालिम समेत दिएको थियो । होमस्टेमा आवकश्क पर्ने सरसफाई, जीवनस्तर, होमस्टे पुग्नेलाई गरीने व्यवहार, लगाएतका विषयमा तालिम दिएको गाउँपालिकाले जनाएको छ । होमस्टे सञ्चालन गर्ने स्थानका स्थानिय वासीन्दाहरुलाई अध्ययनका लागि अवलोकन समेत गराइएको थियो ।

वडा नं ६ मा सञ्चालनमा ल्याएको थारु होमस्टेले सञ्चालनमा ल्याएपछि स्थानिय वासीन्दाहरुमा उत्साह वढेको वडा नं ६ का वडा सचिव मंगलप्रसाद चौधरीले बताए । ४ घरवाट सुरु भएको होमस्टेलाइ वढाउने तयारी समेत स्थानिय वासीन्दाहरुले गरेको उनको भनाइ छ । होमस्टे दिर्घ कालीन रुपमा सञ्चालन गर्नेका लागि वडा कार्यालय तथा स्थानिय वासीन्दाहरु सहकार्य गरेर अगाडि वढने स्थानियले बताएका छन् । अहिले सञ्चालनमा ल्याएको थारु होम स्टेले थारु समुदायको कला, संस्कृति, भेषभुसा, तथा संस्कारलाई समेत जोगाइ राख्न सहयोग मिल्ने वडा सचिव चौधरीले बताए ।

पुराना होमस्टे सुनसानः विगतमा जिल्लामा सञ्चालन भएका होमस्टे सुनसान नै छन् । साविक सौडियार गाविसको सिसहनिया र लक्ष्मीपुर गाविसको सवारीकोटमा होम स्टे सञ्चालन भएका थिए । तर ति दुवै होमस्टे सुनसान नै छन् । सवारी कोटमा मगर ग्रामको रुपमा होम स्टे सञ्चालन भएको थियो भने सौडियारमा थारु ग्रामको रुपमा होम स्टे सञ्चालन भएको थियो । सञ्चालन भएको केही समयसम्म होमस्टे चलपनि त्यसको केही वर्षभित्र बन्द प्रायनै बनेका छन् । आजभोली ति होमस्टेमा खासै पर्यटक जाने गरेका छैनन् । मगर ग्राममा आन्तरिक पर्यटक पिक्नीक खान गएपनि थारु ग्राममा भने कोही जाने गरेका छैनन् । विगतमा ति होमस्टे सञ्चालनको लागि साविक जिल्ला विकास समितिले बजेट समेत दिने गरेको थियो ।

तर नयाँ संरचनासँगै अव ति सवै स्थानीयतहमा गएका छन् । होमस्टेमा भौतिक पुर्वाधारको अभाव, खानेपानीसँगै अन्य पुर्वाधारको विकास हुन नसक्दा होमस्टे सञ्चालनमा समस्या भएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिका नासु तथा संस्कृति विद्ध डा गोविन्द आचार्यले पुर्वाधारको अभावको कारण विगतमा जिल्लामा सञ्चालन भएका होमस्टे आजभोली बन्द भएको बताए । जिल्लामा पर्यटन प्रर्वद्धन र कला संस्कृतिको संरक्षणमा सहयोग पुराउन साविक जिल्ला विकास समितिले केही रकम सहयोग गरेर दुइ ठाउँमा होमस्टे सञ्चालनको काम भएको थियो । तर ति होमस्टे अपेक्षा अनुसार चल्न सकेनन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*