Home / विशेष / कांग्रेस नेता सुवेदीलाई मातृशोक

कांग्रेस नेता सुवेदीलाई मातृशोक

घोराही, १७ भदौ
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति कांग्रेस नेता गिरिराज सुवेदीलाई मातृशोक परेको छ । सुवेदीको आमा हुमादेवी सुवेदीको आज दिउसो कोहलपुरमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो । सुवेदीको आज नै शंखेपिपल घाट घोराहीमा दाहासंस्कार गरिएको छ ।

यसैबीच नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदीको आमा हुमादेवीको निधनप्रति दुःख व्यक्त गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले आज एक शोक वक्तव्य निकालेर सुवेदीको निधनप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तीको कामना सहित परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्न सक्ने शक्ती प्रदान गरुन् भनी कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*