Home / समाचार / राम्री बस दुर्घटनाः मृतकको सवैको सनाखत (नामावलीसहित)

राम्री बस दुर्घटनाः मृतकको सवैको सनाखत (नामावलीसहित)

दाङ । तुलसीपुरको राम्रीमा भएको बस दुर्घटना मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु संख्या २३ पुगेको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कदै गर्दा तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका वडानम्वर–३ राम्रीमा शुक्रवार साँझ बस दुर्घटना भएको थियो । दुर्घटनाका घाइते जुम्ला जिल्ला कन्करा गाउँपालिका–५ का १८ वर्षिय बिरेन्द्र कडाराको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी,सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी गणेश विक, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ बर्षिय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ बर्षिय नरेश वलीको मृत्यु भएको छ ।

त्यसैगरी दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका वडा नं १ का २० वर्षिय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का १९वर्षिय बिजय जीएम, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका ३ बस्ने १७ बर्षिय हिक्मत बोहोरा र कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ५ बस्ने १७ बर्षिय खेमराज भट्टको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै जुम्ला जिल्ला चंन्दननाथ नगरपालिका ६ बस्ने १६ बर्षिया कुसुम रावल, दाङ जिल्ला बबई गाउँपालिका ५ बस्ने २१ बर्षीयकी कबिता खत्री, जाजरकोट जिल्ला भेरीगंगा नगरपालिका ४ बस्ने १७ बर्षीय आतिस नेपाली रहेको जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेयले जानकारी दिए । त्यस्तै जुम्ला जिल्ला हिमा गाउँपालिका ५ बस्ने १७ बर्र्षीया शैलजा शाही,जुम्ला चन्दननाथ गाउपालिका वडा नं. ३ निवासी १८ बर्षिय अर्जुन शाही, डोल्पा जिल्ला गजदुल्ला गाउपालिका वडा नं. ६ निवासी १६ बर्षिय गजेन्द्र ऐरीको सनाखत भएको प्रहरीले जनाउको छ ।

त्यस्तै प्रहरीका अनुसार बझाङ जिल्ला जयपृथ्वीबहादुर नगरपालिका वडा नं. १२ निवासी महेश जोशी, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. १४ निवासी १९ बर्षीय रिपेन्द्र शाही, चन्दननाथ नगरपालिका–१० का १८ बर्षिय रुपेश शाही,चन्दननाथ नगरपालिका वडा नं. १४ का रितेश शाही, चन्दननाथ नगरपालिका–५ निवासी देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउपालिका–१ निवासी जंगबहादुर विक, र जुम्ला चन्दननाथ–१० का बिपना खत्री,जुम्ला तिला गाउँपालिका–३ का रमेश उपाध्याय र बाजुरा बुढीगंगा गाउँपालिकाका लोकेन्द्र रावलको निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेलाई थप उपचारका लागि काठमाण्डौ लगियो

दुर्घटना गम्भीर घाईते १२ जनालाई थप उपचारका लागि हेलिकोप्टरमाफर्त काठमाण्डौ लगिएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमाफर्त काठमाण्डौ स्थीत वीर अस्पतालको ट्रमा सेन्टर लगिएको हो । प्रहरीका अनुसार जुम्ला जिल्ला तातोपानी गाउपालिका ४ बस्ने १८ बर्षीया हिमाली हमाल, जुम्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नं. ३ बस्ने १६ बर्र्षीय कुशेन्द्र खत्री, कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं. ८ बस्ने १७ बर्र्षीया समिक्षा रोकाया, अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नं. ५ बस्ने १८ बर्र्षीय बिक्रम भण्डारी, रुकुम त्रिबेणी गाउँपालिका वडा नं. ६ बस्ने १७ बर्षिय प्रेम बहादुर खड्का, दाङ जिल्ला बंगलाचुली गाउपालिका स्यूजा निवासी १७ बर्षीया मनिका रिजालको उपचार भईरहेको छ ।

त्यस्तै जुम्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नं.२ बस्ने १७ बर्षीय जीवन भण्डारी, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ४ बस्ने १६ बर्षीया बर्षा रोकाया, अछाम जिल्ला मंलगसेन नगरपालिका वडा नं.५ बस्ने १८ बर्षका युवराज ढुंगाना दुर्घटनामा घाइते भएका थिए । रुकुम जिल्ला सानीभेरी गाउपालिका वडा नं. २ बस्ने बर्ष १६ की रोजिना पुन, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १४ बस्ने २० बर्षीय संजय खनालको नर्सिङहोम नेपालगंजमा उपचार भईरहेको छ ।

त्यस्तै दुर्घटनामा घाइते रुकुम जिल्ला सानोभेरी गाउँपालिका वडा नं. १० अर्मा बस्ने १७ बर्षिये राजन डागी, अछाम जिल्ला मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ का भद्र बिष्ट, रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नं. ४ बर्ष १७ का प्रकाश वलीलगायतका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमाफर्त काठमाण्डौ लगिएको हो ।
मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी रहेका छन । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*