मिलन पोख्रेल
घोराही,२४ कार्तिक
घोराही–४ भाटिडाडाकी ५१ बर्षिया ठगी बिक बिहान झिसमिसेमै हातमा हथौड़ा र पिठ्युउमा डोको बोकेर सिस्नेखोलामा पुग्छिन् । खोलामा ढुङ्गा खेर्दै हातभरी ठेला उठाएर गिट्टी कुट्नु उनको दिनचर्या नै बनेको छ ।
यसरी गिट्टी कुटेर आएको पैसाले उनी घरब्यबहार चलाउछिन् । ठगीका श्रीमानले काम गर्न सक्दैनन् । दमको रोगले थलिएको ३ बर्ष भइसक्यो । छोराहरु सानै छन् । सम्पत्तिको नाममा घरबासबाहेक अरु केही छैन । आम्दानीको भरपर्दो श्रोत न हुँदा हरेक दिन चर्को घामको प्रवाह पनि नगरी गिट्टी कुट्नु उनको बाध्यता भएको छ ।
घर खर्चकालागि दुई चार पैसा कमाएर जुटाउने श्रीमान रोगी भए आफ्ना दु.खद दिन सुरु भएको भन्दै उनले भनिन् ‘यहि गिट्टी कुटेर भए पनि जेनतन घर धानेकी छु ।गरिवीको चपेटामा पर्दा साँझ बिहानको छाक टानेै केही उपाय पनि नहुदा गिट्टी कुटेर ९ जनाको परिवार पाल्नु ठगीको दैनिकी बनेको छ ।
प्रतिटेकटर २५ सय रुपैयाँमा गिट्टी वेच्दै आएकी ठगीले २०–२२ दिनमा एक टेक्टर गिट्टी कुटेर बेच्ने गरेकी छिन् । राम्ररी गिट्टी कुट्न पाए थोरै भएपनि कमाई हुने उनको भनाई छ ।
उनले गिट्टी कुटेर भए पनि छोराछोरिहरुलार्इ पढाउदै आएकी छिन । साझ बिहानको गर्जो टार्दै आएकी छिन् ।
ठगीको घरमा एक छाक खानको लागि चामल किन्ने पैसा समेत हुदैनथ्यो । एक रुपैयाँका लागि पनि ऋण काढ्नुपर्थ्यो । महिला मान्छे कमाएर तिर्नसक्दैने भनेर छरछिमेकीहरु ऋण दिन पनि हिचकिचाउथ्ये । तर अहिले उनी आफै महिलाले पनि पुरुष सरह आयआर्जन गरेर घरब्यबहार चलाउन सक्छन् भनेर देखाउन सफल भएकी छिन् ।
आईमाई मान्छे कमाउन सक्दैने भनेर कसैले सहयोग गर्दैनथे ठगीले भनिन् । मैले गिट्टी कुटेर घर धानेको देख्दा सबै छ्क्क परेका छन् ।गिट्टी कुटेर भए पनि परिवारको दैनिक आबश्कताहरु पूरा गर्न सकेकोमा सन्सार जितेको ठान्छिन उनी ।
ठगी जस्तै घोराही–४ डाडागाउकि सीता ओली पनि सिस्नेखोलामा गिट्टी कुटेर गुजारा चलाउछिन । १८ बर्षिया छोरी बिनालार्इ साथमा लिएर खोलामा गिट्टी कुट्न जान्छिन ।आमा छोरी मिलेर दिनभर गिट्टी कुट्छौ सिताले भनिन् । गिट्टी कुटेर आएको पैसाले घरब्यबहार चलाउन र छोराको पढाइ खर्च जुटाउन सजिलो भएको छ ।
घरको अर्थिक अबस्था एकदमै कमजोर भएको र श्रीमानको कमाइ पनि खासै राम्रो नभएका कारण बिगत २ बर्षदेखि गिट्टी कुट्दै आएको सिताले बताउछिन । घोराही (४ का डाडागाउ, भकारे , भाटिडाडा, बालिम , नयाँ वस्ती , लगाएत दर्जन बढी गाउँलेहरु आर्थिक अभावका कारण सिस्ने र बालिमखोलामा गिट्टी कुटेर जिबिका चलाउछन् । यहाँ गिट्टी कुट्नेमा पुरुषको तुलनामा महिलाहरुको सङ्ख्या बढी छ ।
घरको अर्थिक स्तर कमजोर हुँदा परिवार पाल्न र घर व्यवहार चलाउन गिट्टी कुट्नु बाहेक अन्य कुनै बिकल्प नरहेको महिलाहरू बताउँछन् । पैसा कमाएर परिवार पाल्ने देखि घरधन्दा चलाउने जिम्बेवारी पुरुषहरुको भए पनि उनिहरुले सोचे अनुसारको कमाइ गर्न नसक्दा अधिकांस महिलाहरु गिट्टी कुटेर घर धान्दै आएका छन् ।