Home / समाचार / शुद्ध पिउने पानीका लागि पार्टी कार्यालयमा प्रविधी जडान

शुद्ध पिउने पानीका लागि पार्टी कार्यालयमा प्रविधी जडान

दाङ,१८  असोज । नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा शुद्ध पिउने पानीका लागि प्रविधी जडान गरिएको छ । पार्टी कार्यालयमा शुद्ध पिउने पानीको व्यवस्थाका लागि प्रविधी जडान गरिएको हो । घोराही स्थित राहुल ट्रेडर्सले पार्टी कार्यालयमा पानी शुद्ध गर्ने मेशिन सौजन्य स्वरुप जडान गरिदिएको छ । यो मेशिनले ट्यांकीमा जम्मा भएको पानीलाई शुद्धिकरण गर्ने छ ।

ट्रेडर्सका सुदीप खत्रीले टंकीमा जम्मा भएको पानीलाई जडित मेशिनले मिनिरल वाटर सरह शुद्धीकरण गर्ने वताउनु भयो । नेपाल तरुण दलका जिल्ला सदस्य बिरवहादुर खत्री (बिरु)को पहलमा यो मेशिन जडान गरिएको हो । खत्रलिे पार्टी कार्यालयमा शुद्ध पिउने पानीको अभाव हुँदा समस्या परेकाले शुद्ध पिउने पानीका लागि प्रविधी जडान गरिएको वताउनु भयो ।

‘ पार्टी कार्यालयमा आउने अतिथी ज्यूहरु, पार्टीका नेता कार्यकर्ताहरुका लागि पनि शुद्ध पिउने पानी बाहिरबाट किनेर ल्याउनु पर्ने अवस्था थियो,’उाँले भन्नु भयो ‘त्यो समस्यालाई समाधान गर्नका लागि पनि मैले समन्यवकारी भुमिका निर्वाह गरेँ र यो सफल पनि भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*