स्थानीय तहले ध्यान नदिदा अस्तव्यस्त बनेकाे घाेराहीकाे सडक नेपाल प्रहरीले मर्मत गरेकाे छ । घाेराही बजारकाे मुख्य चाेक तुलसीपुर चाेक लगायतका सडकहरूमा परेकाे खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले खाल्डाखुल्डी पुरेकाे हाे ।
घाेराहीकाे तुलसीपुर चाेकदेखी दिपशीखा चाेकसम्मकाे सडक मर्मत गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय दाङ बाट खटिको प्रहरी टोलीले बर्षातका कारण बिग्रीएको बाटोमा दिनहु सवारी दुर्घटनाहरु बढन गएकाले तुलसीपुर चोक देखि दिपशिखा चोक सम्मको बाटोमा रहेका खाल्टाहरुमा बालुबा बिच्छ्याई सडकमा भएको खाल्टाहरु पुरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गाैतमले जानकारी दिनुभयाे ।
स्थानीय तह र ठेकेदारकाे लापरवाहीका कारण घाेराहीका सडकहरू अस्तव्यस्त बनेका छन् ।