Home / Feature Breaking news / अस्पताल र प्रतिष्ठान भिन्न बनाउन षडयन्त्र

अस्पताल र प्रतिष्ठान भिन्न बनाउन षडयन्त्र

खेमराज रिजाल
दाङ, ३० चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगिता भण्डारीले अवको तीन दिनमै राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको माताहतमा सन्चालन हुने बताएको अर्कोदिन स्वास्थ्य मन्त्रालयले पत्र नपठाएर त्यसमा अर्को बखेडा शुरु गरेको छ । प्राविधिक प्रतिवेदन प्राप्त भएपछि मात्रै अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्ने विषयमा निर्णय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘केही विषयमा समस्या र केहीमा असहमती देखिएपछि स्वास्थ्य मन्त्रालयको टोली दाङ पठाएका छौं, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गोरक्षलाइ भनिन् । उनले शुक्रवार मन्त्रालयको टोलि विस्तृत स्थलगत अध्ययनकालागी दाङ आउने पनि उनले बताइन् । समाचार श्रोतका अनुसार यहां प्रतिष्ठान सन्चालनमा आएपछि केही मेडिकल माफियाहरुको विजनेसमा असर पर्ने देखिएपछि उनीहरु मार्फत उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्ने अन्तिम तयारी फेरी रोकिएको हो । तर स्वास्थ्य मन्त्री अर्यालले भने प्राविधिक पक्ष सन्तोषजनक देखिएपछि तथा भौतिक पुर्वाधारको एकिन भएपछि मात्रै अस्पताल प्रतिष्ठानको माताहतमा जाने टेलिफोनमा बताइन् ।

मन्त्रालयबाट दाङ आउने टोलीले सोमवारसम्म मन्त्रालयमा स्थलगत अध्ययन प्रतिवेदन बुझाउने बताइएको छ । तर समाचार श्रोतले बताए अनुसार एक साता अघिनै मन्त्रालयले राप्ती उपक्षेत्रीय अस्पताललाइ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ हस्तान्तरण गर्न पत्र काटी सकेको थियो, तर त्यो पत्र जिल्लामा भने पठाउन केहि पार्टीका उच्च नेतृत्वको आग्रहमा रोकिएको बुझिएको छ । यद्धपि उपक्षेत्रीय अस्पतालका निमिक्त मेडिकल सुपरीटेण्डेण्ट डा जनार्दन पन्थी समेत प्रतिष्ठानले आफ्ना पुर्वाधारहरु तयार गरेपछि मात्रै अस्पताल हस्तान्तरण गर्न मन्त्रालयको पत्रको प्रतिक्षामा रहेका छन् । राजधानीमा काजमा गएर फर्केका निमित्त मेसु यसैसाता एक दिन जिल्ला फर्केर फेरी राजधानी काजमा गएका छन् । उनी एक दिन आएर फेरी किन राजधानी गए भन्ने विषय अस्पतालका कुनैपनि अधिकारीहरुलाई जानकारी छैन ।

तात्कालिन नेपाली कांग्रेसको देउवा नेतृत्वको सरकारले गत असोजमा राप्ती उपक्षेत्रीय अस्पताललाइ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको थियो भने त्यसपछि प्राध्यापक डाक्टर संगिता भण्डारीलाइ प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको थियो । यस अघि उनी धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी समेत सम्हालेकी थिइन् । त्यसपछि उपकुलपति भण्डारीले प्रतिष्ठानलाइ आवश्क पर्ने दक्षता भएका अन्य पदाधिकारी पनि नियुक्ति गरीन्, त्यसमा स्थानिय सरोकारवालाहरुसंग समन्वय नगरिएको आरोप पनि उनीमाथि लागेको थियो ।

तर त्यो योग्यता पुगेका व्यक्तिहरु दाङमा पाउन नसकेको उनको भनाइ थियो । पछिल्लो समयमा वाम गठवन्धनको सरकारले नियुक्त
गरेका धेरै निर्णयहरु खारेज हुने वाम गठवन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीले बताउंदै आएका थिए । असोजमा गठन आदेश भएको प्रतिष्ठानको पहिलो सिनेट बैठक माघ २२ मा बसेको थियो । बैठकले नियमावली समेत बनाइसकेको छ भने आवस्यक थप चिकित्सक र नर्सिङ स्टाफ भर्ना प्रक्रिया समेत शुरु गरिसकेको छ । त्यसकालागी नेपाल सरकारले प्रतिष्ठानलाइ बजेट समेत दिइसकेको छ । तर पदाधिकारीहरुलाइ उपक्षेत्रीय अस्पतालमा बस्ने कार्यालय समेत उपलव्ध गराइएको छैन । प्रतिष्ठान गठनकै क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती उपक्षेत्रीय अस्पतालमा रहने भनिएको छ, तर पनि अस्पताल प्रशासनले मन्त्रालयको पत्र प्राप्त नहुंदै अस्पताल प्रतिष्ठानलाइ हस्तान्तरण नगर्ने अडान लिएको छ ।

प्रतिष्ठानका पदाधिकारी दाङ आएर परीक्षा चलाइरहेको अवस्थामा अस्पतालका मेसु भने राजधानीमा छन् । यसलाइ सुमधुर संबन्धको अभाव भएको सन्देश नागरीकहरुलाई दिएको छ । पायक पर्ने स्थान भएर पनि प्रादेशिक राजधानी गुमाउनुपरेका जिल्लाबासी राजनीतिक दलहरुबीचको सहमतीको अभाव र मेडिकल माफियाहरुको चंगुलमा परेर फेरी आइसकेको स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि गुमाउनुपर्ने होकि भन्ने चिन्तामा छन् । यो विषयमा केहि दिन अघि प्रदेश नंवर ५ को प्रदेश बैठकमा स्थानिय प्रदेश सभा सदस्य अर्जुन कुमार श्रेष्ठले करीव १० मिनेट बोले ।

उनले छिटो भन्दा छिटो प्रतिष्ठानको काम अघि बढाउन रोष्टमबाट कड्किए, तर त्यसको जवाफ
प्रदेश सरकारले दिएको छैन । अस्पताल श्रोतका अनुसार केहि अधिकारीहरुले प्रतिष्ठानमा आवेदन गरे अस्पताल विकास समितिबाट हटाइने चेतावनी समेत दिंदै आएका थिए । केहि करार र ज्यालादारी कर्मचारीहरुको पारिश्रमीक केही महिनादेखि रोकिएको थियो । काठमाण्डौबाट दाङ फर्कने क्रममा उपकुलपति भण्डारीले मंगलवार यो विषयको विवादका विषयमा मुख्यमन्त्री शंकर पोखरेलसंग बृहत छलफल समेत गरेकी थिइन्।

छलफलमा मुख्य मन्त्री पोखरेलले उपक्षेत्रीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान भिन्न भिन्न रुपमा सन्चालन हुनै नसक्ने ‘ग्रिन सिग्नल’ दिएपछि प्रतिष्ठानको प्रक्रिया अघि बढेको थियो । तत्कालकालागी मुख्यमन्त्री पोखरेलले जनस्वास्थ्य कार्यालय नजिकैको एसपिए भवनमा सन्चालन गर्न दिर्नेशन दिइसकेका थिए । तर त्यसलाइ पनि मेसु नआइसकेको अवस्थामा र भवन हस्तान्तरण नभैसकेको अवस्थामा तत्कालै प्रतिष्ठानको कार्यालय राख्न नमिल्ने बतताइयो ।

यो अवस्थाले पदाधिकारीहरुले अझैपनि होटलमै बसेर घोराहीको काठेकोहल स्कुलम मेडिकल अफिसर र स्टाफ नर्सको परीक्षा सम्ंपन्न गरेका छन् । ‘कसैले निहित स्वार्थ प्रयोग गर्न खोज्दैमा राप्ती स्वास्थ्य प्रतिष्ठानलाइ अन्यत्र लैजान दिंदैनौं, उपक्षेत्रीय अस्पतालमै स्वास्थ्य विज्ञान प्रतिष्ठान रहन्छ’—नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले भने । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ आवस्यक पर्ने संम्पुर्ण पुर्वाधारहरु तयार पार्न नागरिक समाज तयार रहेको बताउंदै त्यसकालागी दलिय सहमती समेत खोजिइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*