Home / Feature Breaking news / हार्डयवर व्यवसायी घर्तिको हत्या

हार्डयवर व्यवसायी घर्तिको हत्या

घोराही, १३ मंसीर

दाङमा एक व्यवसायीको हत्या गरिएको छ । चक्कु प्रहारबाट घोराही उमहानगरपालिका १३ का ४५ वर्षीय नन्दबहादुर घर्तिको चक्कु प्रहार गरि हत्या गरिएको हो । बिहीबार बेलुका करिब ८ बजेको समयमा घोराही  १३ लामीडाडाको दुधेसोतामा एक व्यक्ती चक्कु प्रहार गरेर घाईते भएको अवश्थामा भेटिएका घर्तिको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रोल्पाको माडी गाँउपालिका ६ गोगनपानी स्थाई घर भएका घर्तिले घोराहीको बसपार्क नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए । हत्यामा संलग्न व्यक्ति र हत्याको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*