Home / Feature Breaking news / नारायणपुरका व्यक्तिसहित कोरोनाको आशंका स्वास्थ्य परिक्षण गरिएका १६२ जनाको रिपोर्ट नेगेटिभ

नारायणपुरका व्यक्तिसहित कोरोनाको आशंका स्वास्थ्य परिक्षण गरिएका १६२ जनाको रिपोर्ट नेगेटिभ

दाङ,३० बैशााख । कोरोना भाइरस संक्रमणको आशंकामा स्वास्थ परिक्षण गरिएका १६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानलगायत कोरोना विशेष अस्पताल बेलझुण्डीलगायत स्थानबाट संकल्न गरिएका १ सय ६२ नमूना परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।

निमित्त कायम मुकायम रजिष्टार देवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन । प्रतिष्ठानका अनुसार केही दिन पहिले अमेरिकाबाट दाङ आएका घोराही–१० नारायणपुर निवासी बिरामीको समेत रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानमा आएका बिरामीसँगै कोरोना विशेष अस्पताल बेल्झुण्डी, रोल्पा जिल्ला अस्पताल र जिल्ला स्वास्थ कार्यालय अन्तरगत घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिकाका क्वारेन्टाइनमा रहेका विरामीहरुको स्वाव संकल्न गरि नमूना परिक्षण गरिएको थियो । उनीहरुको नूमना प्रतिष्ठानको पिसिआर विधिबाट परिक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*