Home / Feature Breaking news / नेपालमा अव कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो

नेपालमा अव कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो

दाङ ३० बैशाख । मंगलबार आज थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जनामा मंगबार सक्रमण देखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जारी गरको प्रेस नोटमा उल्लेख छ ।

हालसम्म नेपालमा पर्सामा ६४ जना,उदयपुरमा ३२ जना,कपिलवस्तुमा २९ जना,बाकेमा २४ जना,रुपन्देहीमा १७ जना,काठमाडौमा ५ जना,कैलालीमा ४ जना,बारा र रौतहटमा ३–३ जना, बाग्लुङ,झापा र चितवनमा २–२ जना र बर्दिया, कञ्चनपुर, भोजपुर,सप्तरी र सर्लाहीमा १–१ जना कोरोनाका संक्रमितहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*