Home / Feature Breaking news / धान उत्पादन ९ हजार ३ सय ५ मेट्रिक टन

धान उत्पादन ९ हजार ३ सय ५ मेट्रिक टन

अमरराज आचार्य

दाङ, २७ मंसिर । जिल्लामा यस बर्ष ९ हजार ३ सय ५ मेट्रिक टनले धान बृद्धि भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा यो बर्ष धान खेती गर्ने क्षेत्रफल वृद्धि संगै धान उत्पादनमा समेत बृद्धि भएको हो ।

केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो वर्ष भन्दा यस वर्ष ९ हजार ३ सय ५ मेट्रिक टनले धान वृद्धि भएको हो । यस वर्ष ३८ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेति गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थबिज्ञ उमेशचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गत बर्ष ३७ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा धान खेति गरि भएको थियो । एक लाख ६९ हजार ६ सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस बर्ष धान खेती गर्ने क्षेत्रफल समेत बृद्धि भएकोे छ । कृषि ज्ञान केन्द्रका अनुसार गत बर्ष भन्दा यस बर्ष धानको क्षेत्रफल ७ सय ८७ हेक्टर बृद्धि भएको केन्द्र कृषि अर्थबिज्ञ श्रेष्ठले बताए ।

तर अघिल्ला वर्षहरुमा धान खेती हुने क्षेत्रफल घटदै गएको थियो । कोरोनाको कारण नागरिकहरुले रोजगारी गुमाएको र लकडाउन हुदा उनीहरु खेती गरेको कारण क्षेत्रफल वढेको हो । जिल्लाका कृषकहरुले सुख्खा २, ३, राम धान, विन्देश्वरी, सामा मन्सुली, साबित्री, हाइब्रेड, युएस ३१२, जातका धानका वीउ लगाएका थिए । कृषकले पछिल्लो समय हाइव्रेड बिऊको प्रयोग गदै आएको कारणले पनि पछिल्लो समय उत्पादनमा बृद्धि हुदै गएको छ ।

समय मै बर्षा हुनु, कोरोना भाइरसका कारण रोजगारका लागि विदेशीएका नागरिकहरु पनि फिर्ता भएर घरमा भएकाले खेती गरेको कारण क्षेत्रफल वढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष समयमा नै वर्षा हुनु क्षेत्रफल वढेकाले अत्पादन समेत वढेको केन्द्रका कृषि अर्थ विज्ञ श्रेष्ठले बताए । ‘यस बर्ष धान उत्पादनमा बृद्धि हुनुको मुख्य कारण धान खेती हुने क्षेत्रफल वढनु, समयमा प्रयाप्त मात्रामा बर्षा हुनु तथा मल वीउको प्रयाप्त हुनु हो ’ केन्द्रका कृषि अर्थ विज्ञ श्रेष्ठले भने ।

यस वर्ष कृषकहरुले असारको अन्तय सम्म करिव धान रोपेर समेका थिए । समयमा पानी परेको तथा प्राप्त मात्रामा जन शक्ति रहकाले समयमा रोपाइ सकिएको कृषकहरुले बताएका छन् । सिँचाइ सुविधा नभएका स्थानमा समेत यस वर्ष समयमै रोपाइ सकिएको थियो । खेतीको समयमा भएको लकडाउनका कारण शहर बस्नेहरु समेत गाउँ फर्केर खेती गरेका थिए । बर्षाे देखि बाझौ रहदैँ आएको खेतमा धान लगाइएको थियो ।

जिल्लाको देउखुरी क्षेत्र लगाएत दाङको तुलसीपुर लगाएत पश्चिम तथा दक्षिण क्षेत्रमा धान खेती बढि हुने गरेको छ । देउखुरी क्षेत्रमा धेरै सिचाइ सुविधा रहेको छ भने जिल्लामा अन्य स्थानमा धेरै स्थानमा सिचाइको सुविधा पुग्न सकेको छैन । जिल्लामा यस वर्ष पल्टीङ गरिएका स्थानमा समेत खेती भएको कृषकहरुले बताएका छन् ।

लकडाउनका कारण मानिसहरु फुर्सदिलो भएपछि स–साना टुक्रे जनिनमा खेति गरेका थियो । मौसम, बर्षात तथा मल, वीउ, विजनको प्रयाप्तताका कारणले धान उत्पादनमा बृद्धि भएको स्वयं कृषकहरु समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*